spot_img

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

spot_img

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ । धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्टलाई नियुक्त गर्नेदेखि संघीय संसदमा ४ वटा प्रतिस्थापन विधेयकहरु पेश गर्ने सम्मका निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिएका छन् ।

यी हुन् निर्णयहरुः

१) नेपाल विशेष सेवा ऐन २०४२ को साविक व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने ।

२) नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डा. गोपाल प्रसाद भट्ट (कैलाली) लाई नियुक्त गर्ने ।

३) सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने ।

४) बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवेक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने ।

५) राष्ट्रिय सेवा दल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने ।

६) संघीय संसद समक्ष देहायका प्रतिस्थापन विधेयकहरु पेश गर्न स्वीकृति प्रदान गर्नेः

क) सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक

ख) सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक

ग) सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक

घ) स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सरकारी कर्मचारीलाई ५५ वर्षमा अवकाश, पेन्सन गणना सम्बन्धि प्रस्ताव सच्चिएको हो ?

हाल कार्यान्वयनमा रहेको निजामती सेवा ऐनमा सरकारी कर्मचारीहरुको अवकाश...

बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

नेपालका लागि बजाजको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड...

यी हुन् निफ्राका ठूला शेयरधनी: हिमालयन लाइफ बाहिरियो, सूर्यज्योति लाइफ भित्रियो

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्रामा ०.५ प्रतिशत वा सो भन्दा...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णय

आज असोज १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ६...

आइ.सि.एफ.सि.फाइनान्सको लाभांश पारित

आइ.सि.एफ.सि.फाइनान्सको २३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

अब इसेवाबाटै किस्ताबन्दीमा स्कुटर खरिद गर्न सकिने

 इसेवाले नेपालको डिजिटल वालेटको क्षेत्रमा पहिलो पटक ‘Buy Now,...