नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्रामा ०.५ प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व हुने शेयरधनीहरुको संख्या २० रहेको छ। बैंकको आर्थिक वर्ष २०८२/८३ को विवरण अनुसार बैंकमा ०.५ प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व हुने शेयरधनीहरुको संख्या २० रहेको हो, जसमा व्यक्तिगत र संस्थागत दुवै लगानीकर्ता समावेश छन् ।
बैंकको सबैभन्दा ठूलो शेयरधनीको रुपमा नेपाल सरकार, अर्थ मन्त्रालय रहेको छ । बैंकमा सरकारको १० प्रतिशत शेयर स्वामित्व रहेको छ। त्यस्तै बैंकमा नेपाल लाइफ इन्स्योरेन्सको ८.९५ प्रतिशत, ग्लोबल आईएमई बैंकको ५.४८ प्रतिशत, तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५ प्रतिशत शेयर स्वामित्व रहेको छ।
बैंकमा एनआईसी एशिया बैंकले आफ्नो स्वामित्व ४.९८ प्रतिशतबाट घटाएर ४.५४ प्रतिशतमा झारेको छ। यससंगै बैंकमा एनआईसी भन्दा प्रभु बैंक ठूलो शेयरधनी बनेको छ। बैंकमा प्रभु बैंकको ४.९२ प्रतिशत स्वामित्व रहेको छ।
बैंकमा लाइफ इन्स्योरेन्स कर्पोरेशनको ४.२० प्रतिशत, नेपाल पुनर्बिमा कम्पनीको २.४७ प्रतिशत, एशियन लाइफ इन्स्योरेन्सको १.७५ प्रतिशत, इमार्जिंग नेपालको १.२५ प्रतिशत, तथा नितेश अग्रवालको १.२१ प्रतिशत शेयर स्वामित्व रहेको छ। अग्रवाल व्यक्तिगत तर्फका सबैभन्दा धेरै शेयर स्वामित्व रहेका शेयरधनी हुन् ।
एक वर्षको अवधिमा बैंकको ठूला शेयरधनीको सूचीबाट हिमालयन लाइफ इन्स्योरेन्स बाहिरिएको छ भने सो को स्थानमा सूर्यज्योति लाइफ इन्स्योरेन्स भित्रिएको छ। बैंकमा हिमालयन लाइफ इन्स्योरेन्सको ०.६३ प्रतिशत स्वामित्व थियो। अब भने सूर्यज्योति लाइफ इन्स्योरेन्स ०.७८ प्रतिशत स्वामित्व सहित सुर्यज्योति बैंकको १२ औं ठूलो शेयरधनी बनेको छ।
बैंकमा विशाल ग्रुपको ०.७५ प्रतिशत स्वामित्व छ भने जीवनाथ लामिछानेको ०.६३ प्रतिशत शेयर स्वामित्व रहेको छ।
बैंकमा आईएमई लिमिटेड, सिटी एक्सप्रेस इन्भेष्टमेन्ट, युनाइटेड डिस्ट्रीब्युटर्स , शशी कान्त अग्रवाल, सिद्धार्थ बैंक र प्रुडेन्शियल क्यापिटल म्यानेजमेन्टको समान ०.५० प्रतिशत शेयर स्वामित्व रहेको छ।











