आइ.सि.एफ.सि.फाइनान्सको २३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट चुक्ता पूँजीको १०. ५२६३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८३/८४ को लागि बाह्य लेखापरीक्षकमा एस.ए.आर.एसोसिएट्स चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको छ । साधारण सभाबाट पारित नगद लाभांश आजै शेयरधनीको सम्बन्धित खातामा जम्मा गरिने फाइनान्सले जानकारी गराएको छ ।
चुक्ता पूँजी १ अर्ब १८ करोड ३४ लाख रहेको यस फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा कार्यालय मार्फत सेवा दिदैं आएको छ । संस्थाले चालु आ.व.को भदौ मसान्तसम्म २२ अर्ब ६७ करोड निक्षेप संकलन र रु. १९ अर्ब ६१ करोड कर्जा प्रवाह गरिसकेको छ ।











