एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष बन्यो नेपाल

spot_img

एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा नेपाल चयन भएको छ। कतारको राजधानी दोहामा जारी बैंकको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकको अवसरमा नेपाललाई आगामी वर्षका लागि गैर-क्षेत्रीय सदस्य मुलुकतर्फको उपाध्यक्ष पदमा चयन गरिएको हो।

एआईआईबीको संगठनात्मक संरचनाअनुसार एक जना अध्यक्ष तथा क्षेत्रीय र गैर-क्षेत्रीय सदस्य मुलुकबाट एकरएक जना उपाध्यक्ष रहने प्रावधान छ। यस पटक गैर-क्षेत्रीय सदस्य समूहबाट नेपालसँगै आयरल्याण्ड पनि उपाध्यक्षको रूपमा चयन भएको छ। वार्षिक बैठकका अवसरमा अर्थमन्त्री एवं एआईआईबीका लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्लेले उक्त जिम्मेवारी औपचारिक रूपमा ग्रहण गरेका छन्।

बैठकको दोस्रो दिन आयोजित गभर्नर्स बिजनेस राउण्टेबललाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले पूर्वाधारमार्फत हुने पुँजी निर्माण कम विकसित मुलुकहरूको आर्थिक वृद्धिको प्रमुख स्रोत रहेकोमा जोड दिए ।

उनले सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिजस्ता उत्पादनका प्रमुख साधनहरूमा लगानी विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँदै, नेपालजस्ता विकासशील मुलुकहरूको आवश्यकतासँग मेल खाने गरी बैंकको लगानीलाई अधिकतम सहुलियतपूर्ण बनाउनुपर्ने बताए । उनले स्वदेशी तथा विदेशी निजी पुँजीलाई आकर्षित गर्ने किसिमले वित्त उपलब्ध गराउनुपर्ने विचार पनि व्यक्त गरे ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

३ वटा अध्यादेश ल्याउने सरकारको निर्णय

सरकारले ३ वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ।आज...

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, लामो दूरीका गाडीमा २ जना चालक अनिवार्य

नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘बडादशै, दिपावली, नेपाल...

नेपाल एसबिआई बैंकद्वारा वृद्वआश्रमलाई सहयोग, दुई शाखा स्थानान्तरण

नेपाल एसबिआई बैंक लि. ले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम...

बजारमा सेन्चुरी चाउचाउ, भाटभटेनीमा विशेष स्टल सञ्चालन

सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित...

दशैँका लागि एटीएमबाटै नयाँ नोट पाइने

दशैँका लागि नयाँ नोट आवश्यक पर्नेले एटीएम मेशिनबाटै पाउने...

होटल संघले आतिथ्य दिवसको अवसरमा ‘होटल एक्स्पो’ आयोजना गर्ने

होटल संघ नेपाल (हान)ले वर्षेनी मनाउँदै आएको ‘आतिथ्य दिवस’को...