spot_img

विराट एग्री लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

spot_img

विराट एग्री लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन गर्नको लागि  संस्थागत परामर्श सेवा सहित एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।
इटहरी – १३, सुनसरीमा रहेको  यस कम्पनी नेपालको कृषि तथा एक्वाकल्चर क्षेत्रलाई व्यावसायिक, आधुनिक तथा दिगो ढाँचामा विकास गर्ने उद्देश्यले स्थापना भएको हो । कम्पनीले मोरङ र सुनसरी जिल्लामा १०० हेक्टरभन्दा बढी जलाशय क्षेत्रफलमा करिब १५० वटा पोखरीमार्फत व्यावसायिक एकीकृत कृषि तथा मत्स्यपालन गर्दै देशका ठूला तथा व्यवस्थित व्यावसायिक मत्स्य फार्ममध्ये एक अग्रणी व्यावसायिक मत्स्य फार्मका रूपमा अघि बढिरहेको छ । कम्पनीले इटहरी – १३, खनार औद्योगिक क्षेत्रमा दैनिक २५ टन उत्पादन क्षमताको आधुनिक फिस फिड प्लान्टमार्फत आफ्ना परियोजना तथा बजारका लागि विभिन्न प्रकारका तैरिने र डुब्ने माछाका दाना उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । कृषि तथा मत्स्यपालन क्षेत्रको सम्पूर्ण मूल्य शृङ्खलालाई एकीकृत गर्दै उत्पादन, प्रशोधन, प्याकेजिङ तथा बजारीकरणलाई थप व्यवस्थित र व्यावसायिक बनाउने दीर्घकालीन योजनाअनुरूप कम्पनीले प्रस्तावित सार्वजनिक शेयर निष्कासनबाट प्राप्त पूँजीलाई उत्पादन क्षमता विस्तार, आधुनिक प्रशोधन प्रविधि तथा व्यावसायिक पूर्वाधार विकासमा परिचालन गर्दै आगामी दिनमा विभिन्न महत्वपूर्ण परियोजना अघि बढाउने लक्ष्य लिएको छ ।

बिराट एग्रीले पाङ्गास फिलेटिङ तथा फिस प्रोसेसिङ प्लान्ट आधुनिक प्रविधिबाट पाङ्गास माछा प्रशोधन गरी फिलेट तथा अन्य मूल्य अभिवृद्धि भएका माछाजन्य प्रजातिको उत्पादन, प्याकेजिङ तथा बजारीकरण गर्ने प्लान्ट स्थापना गर्ने तथा हाल सञ्चालनमा रहेको Floating Fish Feed Plant का अतिरिक्त माछा तथा पशुपंक्षीका लागि आवश्यक पोषणयुक्त दाना उत्पादन गर्न दैनिक १० टन क्षमताको आधुनिक Pellet Feed Plant स्थापना गर्ने लक्ष्य लिएको छ । आगामी दिनमा एकीकृत कृषि तथा मत्स्य Value Chain का यी पूर्वाधारहरूको विकाससँगै विराट एग्रीले उत्पादनदेखि प्रशोधन, प्याकेजिङ तथा बजारीकरण सम्मको सम्पूर्ण प्रक्रियालाई एकीकृत प्रणालीमा जोड्ने लक्ष्य समेत राखेको छ ।

कम्पनीले “Farm to Market” अवधारणा अन्तर्गत आफ्नै फार्ममा माछा उत्पादन, माछाको दाना उत्पादन, आधुनिक प्रशोधन तथा फिलेटिङ, कोल्ड स्टोरेज, प्याकेजिङ र बजार व्यवस्थापनलाई एउटै एकीकृत व्यावसायिक चक्रमा विकास गर्ने योजना अघि बढाइरहेको छ । बिराट एग्रोको यस विस्तार योजनाले नेपालको कृषि तथा एक्वाकल्चर क्षेत्रमा मूल्य अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापनमा योगदान पुयाउने लक्ष्यका साथ अगाढी रहेको छ ।

एन आई सी एशिया क्यापिटलले “ IDEA to IPO” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका प्रालि कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गर्नेदेखि साधारण शेयर निष्काशन सम्मको कार्य गर्न आवश्यक परामर्श सेवा संचालन गरिरहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आइ.सि.एफ.सि.फाइनान्सको लाभांश पारित

आइ.सि.एफ.सि.फाइनान्सको २३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

अब इसेवाबाटै किस्ताबन्दीमा स्कुटर खरिद गर्न सकिने

 इसेवाले नेपालको डिजिटल वालेटको क्षेत्रमा पहिलो पटक ‘Buy Now,...

नेशनल लाईफको कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको क्षमता, कार्यदक्षता र...

सुनचाँदीको भाउमा आज पनि गिरावट

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

ग्लोबल आइएमई लघुवित्तको लाभांश घोषणा

ग्लोबल आइएमई लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको असोज...

एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष बन्यो नेपाल

एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा नेपाल...