spot_img

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णय

spot_img

आज असोज १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ६ वटा मुख्य निर्णय गरेको छ । बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले निर्णय सार्वजनिक गरेका हुन् ।

यस्ता छन् नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज १३ गतेको बैठकको मुख्य निर्णयहरूः

१.अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने ।

२.पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको कमला–ढल्केवर–पथलैया सडक खण्ड, गजार्ड खोला साना जलविद्युत आयोजना, बलेफी खोला जलविद्युत आयोजना (४० मे.वा.) र सशस्त्र प्रहरी बल, नेपाललाई तालिम शिक्षालय, गुल्महरू तथा सिमा सुरक्षा पोष्टहरू निर्माण गर्न राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गर्ने ।

३.पशु वधशाला र मासु जाँच ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक संङ्घीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने ।

४.सङ्घीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने ।

५. अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने ।

६.नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव श्री आभा श्रेष्ठ कर्णलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको प्रमुख सचिव पदमा र नेपाल इन्जिनियरिङ सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा डा. जगदीश्वर कर्माचार्यलाई बढुवा गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिव पदमा पदस्थापना गर्ने ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सरकारी कर्मचारीलाई ५५ वर्षमा अवकाश, पेन्सन गणना सम्बन्धि प्रस्ताव सच्चिएको हो ?

हाल कार्यान्वयनमा रहेको निजामती सेवा ऐनमा सरकारी कर्मचारीहरुको अवकाश...

बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

नेपालका लागि बजाजको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड...

यी हुन् निफ्राका ठूला शेयरधनी: हिमालयन लाइफ बाहिरियो, सूर्यज्योति लाइफ भित्रियो

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्रामा ०.५ प्रतिशत वा सो भन्दा...

आइ.सि.एफ.सि.फाइनान्सको लाभांश पारित

आइ.सि.एफ.सि.फाइनान्सको २३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

अब इसेवाबाटै किस्ताबन्दीमा स्कुटर खरिद गर्न सकिने

 इसेवाले नेपालको डिजिटल वालेटको क्षेत्रमा पहिलो पटक ‘Buy Now,...

नेशनल लाईफको कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको क्षमता, कार्यदक्षता र...