spot_img

अमेरिका र इरानबीच युद्धविराम सम्झौता !

spot_img

अमेरिका र इरानबीच युद्धविराम सम्झौता हुने पक्का भएको छ । इरानको सरकारी सञ्चार माध्यमले अमेरिका र इरानबीच १४ बुँदे सम्झौता हुने दाबी गरेको छ ।

इरानको अर्ध सरकारी समाचार एजेन्सी ‘मेहर न्युज’ले भने स्थायी युद्धविराम र इरानको आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेप नहुने विषय सम्झौताका बुँदाहरुमा रहेको दाबी गरेको छ ।

३० दिन भित्र अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने, इरानी क्षेत्रबाट अमेरिकी सैनिक फिर्ता हुने, इरानी व्यवस्था अनुसार ३० दिन भित्र स्ट्रेट अफ होर्मुज पुनः खुला गर्ने लगायतका बुँदाहरु पनि रहेको जनाइएको छ ।

अमेरिका र अमेरिकालाई सहयोग गरिरहेका देशहरुबाट इरानको पुनर्निर्माणका लागि ३ सय अर्ब डलर दिइने, इरानी तेल र ऊर्जा उत्पादनमा लगाइएको प्रतिबन्ध फुकुवा गरिने, परमाणु हतियार नबनाउन इरानले प्रतिवद्धता जनाउने विषय सम्झौतामा समावेश रहेको इरानी समाचार एजेन्सीहरुले जनाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार सम्झौतामा आगामी शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक हस्ताक्षर हुनेछ ।

युद्धविराम सम्झौता हुने भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । युद्ध थप चर्किए प्रति ब्यारेल १५० डलरसम्म पुग्न सक्ने अनुमान गरिएको कच्चा तेलको मूल्य प्रति ब्यारेल ८५ डलर आसपासमा झरिसकेको छ ।

युद्धविराम सम्झौता पश्चात मूल्य अझै घटेर प्रति ब्यारेल ७० डलर सम्ममा आउन सक्ने अनुमान गरिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सरकारी कर्मचारीलाई ५५ वर्षमा अवकाश, पेन्सन गणना सम्बन्धि प्रस्ताव सच्चिएको हो ?

हाल कार्यान्वयनमा रहेको निजामती सेवा ऐनमा सरकारी कर्मचारीहरुको अवकाश...

बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

नेपालका लागि बजाजको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड...

यी हुन् निफ्राका ठूला शेयरधनी: हिमालयन लाइफ बाहिरियो, सूर्यज्योति लाइफ भित्रियो

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्रामा ०.५ प्रतिशत वा सो भन्दा...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णय

आज असोज १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ६...

आइ.सि.एफ.सि.फाइनान्सको लाभांश पारित

आइ.सि.एफ.सि.फाइनान्सको २३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

अब इसेवाबाटै किस्ताबन्दीमा स्कुटर खरिद गर्न सकिने

 इसेवाले नेपालको डिजिटल वालेटको क्षेत्रमा पहिलो पटक ‘Buy Now,...