आज जेठ १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ४ वटा निर्णय गरेको छ । बैठकपछि सरकार प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले निर्णय सार्वजनिक गरेका हुन् ।
यस्ता छन् ४ निर्णय
१. United Nations Environment Programme (UNEP) बाट ओजोन तहलाई हानी पु¥याउने पदार्थको Uव्यवस्थापन र न्यूनीकरणसम्बन्धी Moteral Protocal को कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने ।
२. सशस्त्र प्रहरी नायब महानिरीक्षक श्री अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने ।
३. संवत् २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लिखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यावधि ४५ दिन थप गर्ने ।
४. भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा श्री बलभद्र वास्तोला, कास्की तथा सदस्य पदमा श्री अमिर प्रसाद न्यौपाने, काठमाडौं, श्री पद्मिनी सोती, लमजुङ र डा. रेहना श्रेष्ठ, काठमाडौंलाई नियुक्ति गर्ने ।












