आज मंगलबार सुनको मूल्य बढेको छ । सोमबार प्रति तोला ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार तोलामा ४ सय रुपैयाँले बढेर ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६६ हजार ८ सय ९० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ५ हजार ४ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ६ सय ३४ रुपैयाँ तोकिएको छ ।
यस अघि सरकारले बजेट भाषणमार्फत सुनको भन्सार दर बढाएपछि आइतबार सुन तोलामा नै २० हजार ५ सय रुपैयाँले बढेको थियो ।












