Thursday, May 28, 2026
spot_img

मकालु वरुण राष्ट्रिय निकुञ्जमा जेठ २५ देखि यार्सागुम्बा टिप्न पाइने

spot_img
spot_img

रासस ।

सङ्खुवासभाको मकालु वरुण राष्ट्रिय निकुञ्जले यही जेठ २५ गतेदेखि बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन खुला गर्ने जनाएको छ। निकुञ्ज कार्यालयका सूचना अधिकारी संस्कार सुवेदीले जेठ २५ देखि एक महिनासम्म यार्सागुम्बा संकलन गर्न अनुमति दिएको बताए।

उनका अनुसार यहाँ निकुञ्ज क्षेत्रमा दुई प्रजातिका यार्सा पाइने गरेका छ। यार्सागुम्बा संकलनका लागि निकुञ्ज कार्यालय हेदाङनागढी, हटिया सेक्टर कार्यालय भोटखोला गाउँपालिका–३, सेदुवा सेक्टर कार्यालय मकालु–२, गोला पोष्ट भोटखोला–४, ताम्कू सेक्टर कार्यालय सिलिचोङ–३, बुङ सेक्टर कार्यालय महाकुलुङ–१ बुङ, सोलुखुम्बु र छेस्काम रेञ्पोष्ट महाकुलुङ–३ सोलुखुम्बुमार्फत पुर्जी दिने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ।

अनुमति लिएका व्यक्ति वा समूहले जेठ २५ गतेदेखि असार २५ गतेसम्म यार्सा सङ्कलन गर्न पाउने छन्। यार्सागुम्बा संकलन गर्न जाँदा संकलन पुर्जी, प्राथमिक उपचार सामग्री तथा औषधि, खाना पकाउन ग्यास वा स्टोभ, बस्नका लागि त्रिपाललगायत सामग्री लैजान अनुमति दिइएको सूचना अधिकारी सुवेदीले बताए। यसैगरी, यार्सागुम्बा संकलनका क्रममा विष्फोटक पदार्थ, खुकुरी, चक्कु, डोरी, पासो, भाला, गुलेली, लाउड स्पिकर, ड्रमसेटजस्ता कुरा लैजान प्रतिबन्ध लगाइएको उनले जानकारी दिए।

यहाँका मकालु गाउँपालिका, भोटखोला र सिलिचोङ गाउँपालिका र सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका क्षेत्रको मकालु वरुण निकुञ्जलगायत क्षेत्रमा यार्सागुम्बा पाइने गरेको छ। यार्सागुम्बा उच्च हिमाली क्षेत्रका बासिन्दाको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको छ। संकलित यार्सागुम्बा बेचेर स्थानीयले वर्षभरिका लागि आवश्यक घरखर्च, बालबच्चा पढाउन स्रोत जुटाउने गरेका छन्।

यार्सागुम्बा संकलनका लागि निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्रभित्रका स्थानीयलाई पाँच सय, मध्यवर्ती क्षेत्र बाहिरका सङ्खुवासभा र सोलुखुम्बुका लागि दुई हजार तथा जिल्ला बाहिरका लागि तीन हजार प्रवेश शुल्क तोकिएको मकालु वरुण राष्ट्रिय निकुञ्जले जनाएको छ।

निकुञ्जले विगतका वर्षमा यार्सागुम्बाबाट वार्षिक ५० लाखभन्दा बढी राजस्व संकलन गरिरहेको थियो। गुणस्तरका आधारमा एक नम्बरको यार्सागुम्बालाई प्रतिकेजी ४० लाखसम्म बिक्री हुने गरे पनि यहाँको यार्सागुम्बा प्रतिकेजी पाँच लाख पचास हजारदेखि साढे सात लाखसम्ममा किनबेच हुने गरेको व्यापारीको भनाइ छ। यसरी संकलन गरिएको यार्सा चीनको तिब्बत तथा काठमाडौँतर्फ बढी निकासी हुने गरेको छ। मकालु वरुण राष्ट्रिय निकुञ्ज सङ्खुवासभा र सोलुखुम्बुको एक हजार ५०० वर्गकिलोमिटरमा फैलिएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रियल मड्रिडको जर्सी सबैभन्दा बढी बिक्री, रोनाल्डो आवद्द अल-नासर टप टेनमा प्रवेश

फुटबल जर्सी (शर्ट) बिक्रीको विश्वव्यापी तथ्यांक अनुसार, सन् २०२५...

अर्थमन्त्रीले राष्ट्रपतिलाई गरे बजेटबारे ब्रिफिङ

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको...

यस्तो थियो नेपालको पहिलो बजेट, कर्मचारीको तलब बढाउँन छुट्याईएको थियो २० लाख

नेपालमा संविधान जारी भएपछि संविधान मै हरेक वर्ष जेठ...

 माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको बाँधमा वियर गेट जडान

कोरियाली कम्पनीहरूको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमार्फत निर्माणाधीन २१६ मेगावाट...

निर्माण क्षेत्र संकटमा परेको भन्दै समस्या समाधान गर्न सरकारसँग चेम्बरको आग्रह

निर्माण क्षेत्रमा बढ्दो लागत, ढिलो भुक्तानी तथा प्रशासनिक जटिलताका...
spot_img