Saturday, July 18, 2026
spot_img

बजेट २०८३/०८४ः सुनको भन्सार बढ्दै, कस्मेटिक्स र इलेक्ट्रोनिक्स सामानमा विलासिता कर थपिँदै

spot_img

जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नैपर्ने सवैधानिक प्रावधान अनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार बजेट भाषण गर्दैछन् । दुइ तिहाई बहुमतसहित बनेको बालेन्द्र शाह नेतृत्वको सरकारले ल्याउन लागेको पहिलो बजेट भएकाले धेरैले चासोसहित हेरेका छन् । खासगरी, उद्योगी व्यवसायीहरु बजेटको तीव्र प्रतिक्षामा छन् ।

यसवर्ष करका दर के होलान् ? कुन कुन वस्तुमा कर बढ्ला ? वा स्थिर रहला भन्ने चासो अहिले ब्याप्त छ । जेठ १४ गते राती मात्रै करका दरहरु ‘फाइनल’ हुन्छन् । बुधबार राती पनि २ बजेसम्म अर्थ मन्त्रालयमा बजेट लेखन र हिसाब किताबमै अर्थमन्त्री डा. वाग्ले, उनको सचिवालय र कर्मचारीहरु केन्द्रित थिए । अब बिहिबार राती मात्रै करका दरहरु फाइनल हुने भएपनि कुन कुन वस्तुमा कर बढ्छ भन्ने करिब पक्का भइसकेको छ ।

स्रोतका अनुसार अन्तःशुल्क लाग्ने वस्तुहरुमा यसको दर बढ्दैछ । लक्जरी ट्याक्सको दायरा बढाइँदैछ । सुनचाँदी जस्ता गहनामा कर बढाइँदैछ ।

मदिरा र सूर्तीजन्य पदार्थ महँगिदै
अर्थ मन्त्रलयले हरेक वर्ष जस्तै, यसवर्ष पनि मदिरा र सूर्तीजन्य पदार्थको कर बढाउने करिब पक्का जस्तै भइसकेको छ । मानव स्वास्थ्यलाई हानी गर्ने वस्तुहरुमा अन्तःशुल्क लगाउने गरिएपनि अहिले नेपालमा मानव स्वास्थ्य प्रतिकुल नहुने वस्तुमा पनि अन्तःशुल्क लगाउने गरिएकोमा विरोध हुँदै आएको छ । यसकारण अन्तःशुल्क लाग्ने सूचीबाट केही वस्तुहरु हटाएर चुरोट, सूर्ती र मदिरामा अन्तःशुल्क बढाउने तयारीमा अर्थ मन्त्रालय देखिएको छ ।

साथै, आयात हुने महँगा मदिरा र चुरोटमा भन्सार शुल्कसमेत थप गर्ने गृहकार्य भइरहेको र आज साँझसम्म यसमा के गर्ने भनेर यकिन हुने अर्थ मन्त्रालयले जनाएको छ ।

महँगिदै सुन
बजेट भाषणमार्फत सरकारले सुनचाँदी जस्ता गहनाको भन्सार दर पनि बढाउने भएको छ । भारतले हालै मात्रै विदेशी मुद्राको सञ्चिति बढाउन सुनको भन्सार दरलाई ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत बनाएको छ । यसकारण भारतमा भन्दा नेपालमा प्रतितोला सुनको भाउ करिब १५ हजार रुपैयाँ सस्तो छ । यसले नेपालबाट भारततर्फ सुनको तस्करी हुन सक्ने जोखिम बढाएकाले कम्तीमा पनि भारतमा सरह भन्सार दर लगाएर सुनको भाउमा दुइ देशबीच एकरुपता कायम गर्नुपर्ने दबाबमा छ ।

भारतले विगतमा भन्सार कम गर्दा र नेपालमा बढी हुँदा भारतबाट तस्करी भएर सुन आउन सक्ने जोखिमलाई ध्यान दिँदै नेपालले पनि भन्सार दर घटाएको थियो । नेपालमा हाल सुन आयात गर्दा १० प्रतिशत भन्सार लाग्दै आएकोमा अब बजेटमार्फत बढ्ने सक्ने उच्च सम्भावना देखिएको छ ।

इलेक्ट्रोनिक्स वस्तुमा विलासिता कर
सरकारले अहिले निश्चित तोलाभन्दा बढीका गहना, तारे होटलमा बस्ने पर्यटकलाई विलासिता कर लगाएको छ । अब विलासिता कर लाग्ने वस्तुको सूचीमा मोबाइल, टेलिभिजन जस्ता इलेक्ट्रोनिक्स सामान पनि थप गर्न लागिएको चर्चा छ । कस्मेटिक्सका सामानमा पनि विलासिता कर लगाउने तयारी भइरहेको बताइन्छ ।

यी सबै करहरु यदि बजेटमार्फत घोषणा भएमा जेठ १६ गतेबाटै लागू हुन्छन् ।

यस्तै, घरजग्गा कारोबारको पूँजीगत लाभकरसमेत बढाउन लागिएको बताइन्छ । अहिले घरजग्गा कारोबार सुस्त रहेको र यसलाई चलायमान बनाउन कित्ताकाटदेखि हदबन्दीसम्म खुकुलो गर्ने र पूँजीगत लाभकर भने बढाउने तयारी भइरहेको बताइन्छ । यदि बजेटबाट यो कुराको घोषणा भएमा साउन १ गतेबाट लागू हुनेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

इन्धन र बिजुलीमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले...

महासंघको रोजगारदाता परिषदले पूर्णता पायो, बाबुकाजी कार्की बने उपसभापति

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत निजी क्षेत्रको श्रम तथा...

मंसिरमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ आयोजना हुने, स्टल बुकिङ खुला

नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यका...

७० प्रतिशत रोपाइँ सकियो

असार सकिँदासम्म यस वर्ष ७० प्रतिशत धान रोपाइँ सकिएको...

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...
spot_img