इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिका कारण निर्माण क्षेत्र इतिहासकै गम्भीर संकटबाट गुज्रिरहेको अवस्थाप्रति नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अहिलेको परिस्थितिमा निर्माण व्यवसायीहरूले भोग्नुपरेको आर्थिक तथा मानसिक दबाबप्रति महासंघले आपत्ति जनाउँदै मूल्यवृद्धि समायोजनको मागप्रति ऐक्यवद्धता जनाएको छ ।
प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा २० लाख भन्दा बढीलाई रोजगारी प्रदान गर्दै आएको र सरकारले विनियोजन गर्ने बजेटमध्ये पूँजीगत खर्चको झण्डै ८० प्रतिशत खर्च गर्ने क्षेत्र निर्माण क्षेत्र भएको जनाउँदै महासंघले इन्धन तथा निर्माण सामाग्रीको अत्यधिक मूल्यवृद्धिका कारण व्यवसायीले काम गर्न नसकेपछि निर्माण कार्य ठप्प भई यो क्षेत्र धरासायी भएको र अर्थतन्त्रमा प्रतिकूल प्रभाव परेको जनाएको छ ।
डिजेल प्रति लिटर १ सय ३९ रुपैयाँसम्म पुगेको र बिटुमिनको मूल्य प्रति केजी ७५ बाट १५५ पुगिसकेको समयमा निर्माण व्यवसायीलाई करिब १० अर्ब भन्दा बढी नोक्सान भइसकेको महासंघले बताएको छ ।












