Tuesday, August 4, 2026
spot_img

कामना सेवा विकास बैंकद्वारा पशुपति मा.वि. रुपन्देहीलाई कुलर हस्तान्तरण

spot_img

कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय कोटिहवा मार्फत पशुपति माध्यमिक विद्यालय, रुपन्देहीलाई कुलर हस्तान्तरण गरेको छ । बैंकको बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले विद्यालयका प्रधानाध्यापक बेद नारायण भट्टराईलाई ३ थान कुलर हस्तान्तरण गरेका हुन् ।

विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीहरु अध्ययनरत रहेको र गर्मीको मौसममा अध्ययन–अध्यापन गर्न कठिन भएको अवस्थामा उक्त कुलरहरु उपयोगी हुने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो ।

विद्यालयमा कुलर जडान भएपछि कक्षाकोठाभित्रको तापक्रम न्यूनीकरण भई विद्यार्थीहरूलाई सहज र अनुकूल वातावरणमा अध्ययन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको प्रधानाध्यापक भट्टराईले बताएका छन् । यस प्रकारको सहयोगले विद्यार्र्थीहरूको पठनपाठनमा थप सहजता र प्रेरणा मिल्ने विश्वास बैंकका बुटवल क्षेत्र प्रमुख आचार्यले व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, विद्यालयका प्रध्यानाध्यापक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधार सहजीकरण कार्यदल गठन

नेपाल धितोपत्र बोर्डले प्राथमिक बजारलाई थप पारदर्शी, विश्वसनीय र...

शेयरबजार सुधार योजना कार्यान्वयनका लागि समन्वय समिति गठन

नेपाल धितोपत्र बोर्डले धितोपत्रको दोश्रो बजार सुधार योजना कार्यान्वयनका...

बीमा क्षेत्रमा NFRS 17 कार्यान्वयनबारे लेखामान बोर्ड र बीमा प्राधिकरणबीच छलफल 

नेपाल लेखामान बोर्डका अध्यक्ष रमेश कुमार धिताल र नेपाल...

थपिँदै ‘मेची क्राउन’को प्रतिस्पर्धी, होटल इस्टर्नले खोस्ला बिजनेश ?

झापास्थित होटल ‘मेची क्राउन’ले अहिले त्यस क्षेत्रमा आफ्नो दबदबा...

समस्याग्रस्त सहकारीका थप ३४१ जना बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका...

‘एक महिनाका लागि पुग्ने ग्यास छ भने लाइन नबसिदिनु’

एलपी ग्यास उद्योग संघले एक महिनाका लागि पुग्ने ग्यास...
spot_img