नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई विभिन्न ५६ जना व्यक्तिको सेयर रोक्का गरेर त्यसको विवरण उपलब्ध गराउन पत्राचार गरेको छ ।
हिमालयन रि–इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, सञ्चालकहरू अमित मोर, राजीव मोर, शुभेच्छा खरेल, सुभाष कुमार झुनझुनवाला र लगानी समिति सदस्य मनिष कुमारको हकमा सीआईबीले यस्तो पत्र पठाएको हो ।
यस्तै, नेपाल माईक्रो इन्स्योरेन्सतर्फ सञ्चालक सदस्यहरू सिद्धान्त झुनझुनवाला, लतिका गोल्यान, बद्री सिग्देल, प्रविना दाहाल र सुजल मल्ल रहेका छन् ।
गार्डियन माईक्रो लाईफ ईन्स्योरेन्सका सञ्चालकहरू डा. जयप्रकाश जैसवाल, उदयनारायण भट्टराई, प्रमोद प्रसाद भट्टराई, ज्योती अग्रवाल, नवराज मुडभरी, प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र लगानी समिति सदस्यहरू ज्योती प्रकाश पाण्डे र समीर खरेलसमेत परेका छन् ।
हिमालयन लाईफ ईन्स्योरेन्सका विवेक कुमार शाह, लक्ष्मण ज्ञवाली, राजिव प्रसाद प्याकुरेल, आशिष ढकाल, सौरभ दुगड, सचिन आचार्य, प्रमिला के.सी. र दिगम्बर झा पनि यो सूचीमा छन् ।
सीआईबीले सेबोनलाई जेठ ११ मा पत्र पठाएको हो ।












