चीनले मार्च २०२६ मा सोलार प्यानल, सेल र वेफर (photovoltaic components) को निर्यातमा नयाँ रेकर्ड कायम गरेको छ। चिनियाँ भन्सार विभागको तथ्यांक अनुसार, कुल ६८ गिगावाट क्षमताको सोलार सामग्री निर्यात भएको छ।
यो अघिल्लो महिनाको तुलनामा दोब्बर र अगस्ट २०२५ को पुरानो रेकर्ड (४५.८ गिगावाट ) भन्दा ४९ प्रतिशत बढी हो।
यो एक महिनाको निर्यात स्पेनको कुल सोलार क्षमतासँग बराबर छ।
अफ्रिका र एसियाको मागमा उछाल आउँदा चीनले नयाँ रेकर्ड कायम गरेको हो। मार्चमा अफ्रिकातर्फको निर्यात १७६ प्रतिशत बढेर १० गिगावाट पुगेको छ भने एसियातर्फ दोब्बर बढेर ३९ गिगावाट पुगेको छ। यी दुवै क्षेत्रका लागि यो नयाँ रेकर्ड हो।
भारतले ६.६ गिगावाट सोलार सामग्री आयात गरेको छ, जुन उसको लागि रेकर्ड हो। अफ्रिकामा नाइजेरिया, केन्या, इथियोपिया र डेमोक्रेटिक रिपब्लिक अफ कंगो जस्ता देशहरूले ठूलो मात्रामा आयात गरेका छन्। दक्षिणपूर्वी एसियामा फिलिपिन्स, मलेसिया, लाओस लगायत देशहरूको माग बढेको छ।
यो रेकर्ड वृद्धिको मुख्य कारण इरान युद्ध ले निम्त्याएको तेल र ग्यासको मूल्यवृद्धि हो। यसले धेरै देशहरूलाई नवीकरणीय ऊर्जातर्फ ढल्काएको छ। यसबाहेक, चीनले अप्रिल १, २०२६ देखि सोलार निर्यातमा दिइँदै आएको ट्याक्स रिबेट (export tax rebate) हटाउने निर्णयले पनि मार्चमा अघोषित ‘स्टकपाइलिङ’ (अग्रीम खरिद) भएको छ। यसले निर्यातलाई थप बढाएको छ।
Ember थिंक ट्यांकका अनुसार, मार्चमा ५० वटा देश ले चीनबाट सोलार आयातको आफ्नो रेकर्ड तोडेका छन्। महिनाहरूमा थप स्पष्ट हुनेछ। तर, अफ्रिका र एसियामा सोलारको माग संरचनात्मक रूपमा बढ्दै गएको देखिन्छ।
यो घटनाक्रमले चीनलाई विश्वको सोलार ‘फ्याक्ट्री’ को रूपमा थप बलियो बनाएको छ र ग्लोबल साउथका देशहरूलाई सस्तो हरित ऊर्जा उपलब्ध गराउने अवसर दिएको छ।












