Wednesday, May 13, 2026
spot_img

कर्मचारीले राजनीति गरे जागिर जाने (सूचनासहित)

spot_img
spot_img

सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउने सक्ने चेतावनी दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै निजामती कर्मचारीलाई निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो ।

सूचनामा नेपालको संविधान र निजामती सेवा ऐनअनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ ।

मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ६१ उपदफा (१) को खण्ड ङ अनुसार निजामती कर्मचारीले राजनीतिमा भाग लिएमा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था रहेको सम्झाउँदै मन्त्रालयले कर्मचारीहरू राजनीतिक दल, भ्रातृ सङ्गठनमा आबद्ध हुन नपाइने जनाएको छ ।

सूचनामा राजनीतिक गतिविधिमा संलग्न हुने, सङ्गठनको सदस्यता लिने वा निर्वाचनमा उम्मेदवार बन्ने कर्मचारीलाई सेवाबाट हटाउन सकिने व्यवस्था रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

निजामती कर्मचारी कुनै राजनीतिक दल, राजनीतिक दलको भातृ सङ्गठन, राजनीतिक दलको जन वर्गीय सङ्गठन वा राजनीतिक दलसँग आबद्ध भई सङ्गठनको सदस्यता लिएको वा, राजनीतिक क्रियाकलापमा संलग्न भएमा वा राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवार बनेमा कानुन बमोजिम कारबाही हुने समेत मन्त्रालयले जनाएको छ ।

सूचनाः

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाण्डे पक्राउ परेपछि बैंकर्स संघले बोलायो बैठक

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे...

नेपाल र श्रीलंकाबीच क्रस बोर्डर मोबाइल भुक्तानी सुरु

नेपाल र श्रीलंकाबीच क्रस–बोर्डर मोबाइल भुक्तानी सुरु भएको छ...

चुचुरोसम्म बाटो बनाइयो, खुल्यो सगरमाथाको आरोहण

सगरमाथाको चुचुरोसम्म बाटो बनाउने काम सम्पन्न भएको छ ।...

विद्युत् प्राधिकरणको सञ्चालकमा शाही र बसेल नियुक्त

नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त...

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायू कुमार श्रेष्ठ

नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक...

आयल निगमका कार्यकारी निर्देशक भट्टले किन दिए राजीनामा ? यस्तो छ कारण

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भटले राजीनामा दिएका...
spot_img