Wednesday, May 13, 2026
spot_img

इन्धन बचत गर्न मोदीले घटाए आफ्नै कारगेड, भएसम्म ईभी गाडी चढ्ने

spot_img
spot_img

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इन्धन बचत र मितव्ययिताको अभियानअन्तर्गत आफ्नो आधिकारिक कारगेडको सवारी साधनको संख्या लगभग ५० प्रतिशत घटाउने निर्णय गरेका छन्। यो कदम उनको हैदराबादमा इन्धन खपत घटाउन आह्वान गरेको भाषणपछि तुरुन्तै लागू भएको हो।

अघिल्लो व्यवस्थाअनुसार प्रधानमन्त्रीको कारगेडमा विशेष सुरक्षा प्रोटोकल (SPG) अनुसार धेरै सवारी साधन हुने गरेका थिए। हालैका गुजरात र असम भ्रमणमा कारगेडको आकार लगभग आधा घटाइएको छ। यो कटौती गर्दा पनि SPG को अनिवार्य सुरक्षा प्रोटोकल पूर्ण रूपमा कायम राखिएको बताईएको छ।

मोदीले कारगेडमा सवारी संख्या ५० प्रतिशत कटौती गरेका छन्। त्यस्तै उनले कारगेडमा सम्भव भएसम्म इलेक्ट्रिक गाडीको प्रयोग बढाउन निर्देशन दिएका छन्। नयाँ गाडी किन्ने नभई, विद्यमान स्टक बाटै EV प्रयोग गर्ने योजना मोदीको छ।

यो निर्णय वैश्विक ऊर्जा संकट (इरान युद्धको प्रभावले तेलको मूल्य बढेको) को बेला आएको हो। प्रधानमन्त्रीले नागरिकहरूलाई इन्धन बचत गर्न, स्थानीय वस्तु प्रयोग गर्न र अनावश्यक यात्रा घटाउन आग्रह गरेका थिए। उनले आफुबाट नै त्यसको कार्यान्वयन थालेका हुन् ।

मोदीसंगै गृहमन्त्री अमित शाह र केही बिजेपी शासित राज्यका मुख्यमन्त्रीहरू (जस्तै योगी आदित्यनाथ, मोहन यादव) ले पनि आफ्नो कारगेडको सवारी संख्या घटाएका छन्। मध्य प्रदेशमा मुख्यमन्त्रीको कारगेड १३ बाट ८ मा झारिएको छ।

यस अघि : मोदीले मागे नागरिकको सहयोग: सुन नकिन्न, विदेश भ्रमण नगर्न र खाने तेलको प्रयोग घटाउन आग्रह

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आयल निगमका कार्यकारी निर्देशक भट्टले किन दिए राजीनामा ? यस्तो छ कारण

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भटले राजीनामा दिएका...

बुट मोडलमा ४ वटा हाइड्रो आयोजना बनाउन ७ कम्पनी सर्टलिस्ट, कुन-कुन परे ?

विद्युत विकास विभागले बुट मोडलमा विभिन्न ४ वटा हाइड्रोपावर...

इप्पान महासचिवमा मिथुन पौडेलको उम्मेदवारी घोषणा, संगठन विस्तार र पुनर्संरचनाको एजेण्डा

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानको आसन्न निर्वाचनमा महासचिव पदमा...

प्रधानमन्त्री खोज्दै विपक्षीद्वारा संसद अवरोध, १५ मिनेटको लागि बैठक स्थगित

विपक्षी दलको अवरोधपछि १५ मिनेटको लागि प्रतिनिधिसभा बैठक स्थगित...

मन्त्रिपरिषद बैठकले गर्यो ४ निर्णय, सरकारी लगानी व्यवस्थापन समितिमा २ सांसद मनोनित

आज बसेको मन्त्रिपरिषद बैठकले विभिन्न ४ वटा निर्णय गरेको...
spot_img