नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे पक्राउ परेपछि नेपाल बैंकर्स संघको बैठक बस्न लागेको छ । संघको बैठक बिहीबार बिहान बस्ने भएको हो ।
धितो लिलाम गरेकै कारण बैंकर पाण्डे पक्राउ परेको भन्दै वाणिज्य बैंकका सीईओहरूको छाता संगठनको बैठक बस्न लागेको हो । संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार बैठक बहिबार बिहान ९ बजे बस्दैछ ।
बैंकर पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीईआईबीले स्मार्ट सेलको सम्पत्ति लिलाम गरेर राज्यलाई नोक्सानी पुर्याएको आरोपमा पक्राउ गरेको हो ।












