नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भटले राजीनामा दिएका छन् । भट्टले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।
आफूले सरकारको नीति अनुसार नै राजीनामा दिएको बताएका छन् । ‘राजनीतिक नियुक्ति पाएकाहरुले ठाउँ खाली गर्नुपर्ने, मार्ग प्रशस्त गर्नुपर्ने जस्ता कुराहरु अहिले सरकारले गरिरहेको छ, सरकारको नीति अनुसार नै मैले राजीनामा दिएँ’ उनले बिजनेश पानासँग भने, ‘सरकारलाई काम गर्न सजिलो होस् भनेर मैले रिजाइन गरेको हुँ ।’
उनले बुधबार राजीनामा बुझाएको जानकारी गराएका छन् ।
भट्टलाई तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०८० फागुन ६ गते निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।












