सरकारले मन्त्रालयको संख्या घटाएको छ । आज वैशाख ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकार , कार्यविभाजन नियमावली स्वीकृत गर्दै मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो।
सो नियमावलीले संघीय सरकारमा १८ वटा मन्त्रालय रहने व्यवस्था गरेको छ। सो नियमावली कार्यान्वयनमा आएपछि कतिपय मन्त्रालयका नाम परिवर्तन हुने छन् भने कतिपय मन्त्रालय गाभिने छन् ।
यस अघि २१ वटा मन्त्रालय थिए ।












