Monday, May 11, 2026
spot_img

मोदीले मागे नागरिकको सहयोग: सुन नकिन्न, विदेश भ्रमण नगर्न र खाने तेलको प्रयोग घटाउन आग्रह

spot_img
spot_img

पश्चिम एसियाको युद्धका कारण वैश्विक तेल संकट र विदेशी मुद्रा दबाब बढेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकहरूलाई दैनिक जीवनशैली परिवर्तन गरी देशको आर्थिक रक्षाका लागि योगदान दिन आग्रह गरेका छन्। हैदराबादको र्‍यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले देशभक्तिको नयाँ परिभाषा दिँदै आम नागरिकको सहयोग माग गरेका हुन् ।

उनले ‘नागरिक सत्याग्रह’ मार्फत विदेशी मुद्रा जोगाउन र आर्थिक आत्मरक्षा गर्न आह्वान गरे । उनले भने “सीमामा ज्यान दिन तयार हुनु मात्र देशभक्ति होइन। यी कठिन समयमा जिम्मेवारीपूर्वक बाँच्नु, दैनिक जीवनमा राष्ट्रप्रतिको कर्तव्य पूरा गर्नु पनि देशभक्ति हो।”

प्रधानमन्त्री मोदीले भारतसँग ठूला तेलका खानी नभएकोले धेरैजसो ईन्धन आयात गर्नुपर्ने उल्लेख गरे। उनले साना-साना बचतले पनि विदेशी मुद्रा सञ्चिति जोगाउन ठूलो मद्दत पुग्ने बताए । उनले भने, “यो वैश्विक संकटको समयमा देशलाई सबैभन्दा माथि राखेर संकल्प गर्नुपर्छ।”

यो आह्वान स्ट्रीट अफ होर्मुज हुँदै तेल आपूर्तिमा परेको प्रभावलाई ध्यानमा राखेर दिइएको हो। प्रधानमन्त्रीले नागरिकहरूको सहयोगले भारतले यो चुनौतीलाई अवसरमा बदल्न सक्ने विश्वास व्यक्त गरेका छन्।

प्रधानमन्त्री मोदीले दिएका १० मुख्य सल्लाहहरू:

वर्क फ्रम होम (WFH) पुनः अपनाउनुहोस् — कोभिडकालमा जसरी घरबाट काम, भर्चुअल बैठक र भिडियो कन्फरेन्सिङ गरिन्थ्यो, त्यसलाई फेरि प्राथमिकता दिनुहोस्।

ईन्धनको मितव्ययी प्रयोग गर्नुहोस् — पेट्रोल, डिजेल र ग्यासको खपत घटाउनुहोस्। यसले विदेशी मुद्रा बचत हुन्छ।

विवाहमा एक वर्ष सुन नकिन्नुहोस् — सुन खरिद नगरी विदेशी मुद्रा जोगाउनुहोस्। “म विवाहमा सुन नकिन्न एक वर्षका लागि अपील गर्दछु,” उनले भने।

विदेश यात्रा स्थगित गर्नुहोस् — अनावश्यक विदेश भ्रमण, विदेशी पर्यटन र गन्तव्य विवाहलाई कम गर्नुहोस्। स्वदेशी पर्यटनलाई प्राथमिकता दिनुहोस्।

सार्वजनिक यातायात र कारपुलिङ प्रयोग गर्नुहोस् — मेट्रो, सार्वजनिक यातायातको अधिकतम प्रयोग गर्नुहोस् र साझा सवारी (कारपुलिङ) लाई प्रोत्साहन दिनुहोस्।

इलेक्ट्रिक सवारी र रेल ढुवानी अपनाउनुहोस् — इलेक्ट्रिक गाडी प्रयोग गर्नुहोस् र मालसामान ढुवानी रेलतर्फ सार्नुहोस्।

स्वदेशी सामान बढी प्रयोग गर्नुहोस् — मेड इन इन्डिया उत्पादनलाई प्राथमिकता दिनुहोस् र आत्मनिर्भरता मजबुत बनाउनुहोस्।

खाद्य तेलको प्रयोग घटाउनुहोस् — हरेक घरले खाद्य तेल कम प्रयोग गर्दा स्वास्थ्यसँगै ठूलो देशभक्तिपूर्ण योगदान हुन्छ।

रासायनिक मल ५० प्रतिशत घटाउनुहोस् — प्राकृतिक खेती अपनाएर आयात घटाउनुहोस् र वातावरण संरक्षण गर्नुहोस्।

राष्ट्रिय हितलाई सर्वोपरि राख्नुहोस् — व्यक्तिगत सुविधाभन्दा माथि देशको हित राखेर संकल्प गर्नुहोस्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अन्तर्राष्ट्रिय ‘पेमेन्ट गेट वे’लाई कानूनी मान्यता दिइने

सरकारले अन्तर्राष्ट्रिय ‘पेमेन्ट गेट वे’लाई कानूनी मान्यता दिने भएको...

किसानलाई परिचयपत्र र सहुलियत ऋणमा सहज

सरकारले किसान परिचयपत्रलाई प्रभावकारी कार्यान्वयन गर्ने घोषणा गरेको छ...

सरकारको प्राथमिकतामा पुँजीबजार, नीति तथा कार्यक्रममा ४ विषय समेटिए

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति...

आईटीलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरिने

सरकारले सूचना प्रविधिलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गर्ने भएको...

सबै आर्थिक कारोबारलाई नगदरहित बनाउने सरकारको घोषणा

सरकारले सबै आर्थिक कारोबारलाई नगदरहित बनाउने घोषणा गरेको छ...

करका दरलाई समयवद्ध बनाउने घोषणा

सरकारले करका संरचनामा फेरबदल गर्ने भएको छ । आगामी...
spot_img