नेपाल उद्योग वाणिज्य महासंघभित्र ‘नतिजामुखी व्यक्ति’का रुपमा चिनिने पात्र हुन् देशबन्धु बस्नेत (अजित) । महासंघको पर्यटन तथा हवाई यातायात समितिको सभापतिको रुपमा सफल कार्यकाल पूरा गर्दै गरेका उनले महासंघको आगामी निर्वाचनमा पनि एसोसियट तर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
पर्यटन तथा हवाई यातायात समितिको सभापति रहँदा बस्नेतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालनका लागि प्रधानमन्त्री कार्यालय, पर्यटन मन्त्रालय, नागरिक उड्डययन प्राधिकरण जस्ता निकायसँग पटकपटक छलफल गरेका थिए । उनले यी दुइ विमानस्थलमा अन्तर्राष्ट्रिय एयरलाइन्स आकर्षित गर्न प्रोत्साहन नीति आवश्यक रहेको औल्याउँदै त्यस अनुसारको निर्णयका लागि सरकारसँग पहल पनि गरेका थिए ।
पर्यटन ऐन संशोधन, होटल क्षेत्रलाई उद्योग सरहको मान्यता र सुविधा, हवाई टिकटमा लगाइएको भ्याट सम्बन्धि प्रावधानको पुनरावलोकन जस्ता नीतिगत विषयमा पनि बस्नेतले महासंघको तर्फबाट उल्लेख्य पहल गरेका थिए । साथै, नेपाललाई युरोपसँग सिधा हवाई सम्पर्कमार्फत जोड्नुपर्ने, युरोपेली युनियनको सुक्ष्म निगरानी सूचीबाट नेपाललाई हटाउन सरकारले सार्थक पहल गर्नुपर्ने र नेपालको पर्यटन ब्राण्डिङ र विश्व बजारमा प्रचारका लागि निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने विषय उनले आफ्नो कार्यकालमा निकै महत्वका साथ उठाए ।
निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नीतिगत तहमा निरन्तर सक्रिय भूमिका निर्वाह गरेका बस्नेतले महासंघभित्र आफूलाई परिणाममुखी र समय सापेक्ष नेतृत्वका रूपमा स्थापित गरेका छन् । उनले पुनः महासंघको केन्द्रीय सदस्य भएर निजी क्षेत्रको विकास र विस्तारमा योगदान दिने लक्ष्य लिएका छन् ।
बस्नेतको भनाइमा नेपालको आर्थिक विकास र पूँजी निर्माणमा निजी क्षेत्रकै सबैभन्दा ठूलो योगदान रहेको छ । उनी सरकार र निजी क्षेत्रबीच सहकार्य बढाएर मात्र उच्च आर्थिक वृद्धि र रोजगारी सम्भव हुने मान्यता राख्छन् । आफू केवल वक्ता मात्रै नभई टिमवर्कमा विश्वास गर्ने संगठक नेतृत्वका रुपमा चिनिने देशबन्धु बस्नेतलाई ‘भिजनरी युथ लिडरसीप’का रुपमा समेत लिने गरिन्छ ।
बस्नेतले एसोसियटसहित महासंघभित्र सबै क्षेत्रको उत्तिकै साथ बटुलेका छन् । उत्कृष्ट कार्यसम्पादन, नजितामुखी कार्यशैली र भविष्य केन्द्रित योजना निर्माणमा उनको दूरदृष्टिले सबैलाई लोभ्याउने गर्छ । काठमाडौँमा पाँचतारे होटल मक्र्योर सञ्चालनमा ल्याएको करिब एक वर्षमै इटहरीमा बस्नेतले पूर्वी नेपालमै पहिलो अन्तर्राष्ट्रिय चेन होटल ब्राण्डका रुपमा ‘रमडा बाई विन्डहम’लाई भित्र्याइसकेका छन् । यसबाट पनि उनको लगनशीलता र कार्यसम्पादन क्षमताको पुष्टि हुन्छ ।
उनले निजी क्षेत्रलाई अर्थतन्त्रको इन्जिनका रुपमा लिँदै आफूले यस सम्बन्धमा हालसम्म प्राप्त गरेका अनुभवलाई महासंघमार्फत संस्थागत योगदानमा केन्द्रित गर्न चाहेका छन् । उनले भनेका छन्, ‘मलाई विश्वास गरेर महासंघको जुन भूमिका उद्योगी व्यवसायीहरुले दिलाउनुभयो, त्यसमा म सधैँ उहाँहरुप्रति आभारी छु । निजी क्षेत्रको विकास र विस्तारका लागि निरन्तर प्रयत्न जारी राख्ने प्रतिवद्धता जनाउँदै हिजोका दिनमा जस्तै सबै अग्रज उद्योगी व्यवसायी महानुभावहरु, समकालिन साथीहरुको साथ, सहयोग र समर्थन प्राप्त हुने विश्वास लिएको छु ।













