Thursday, June 25, 2026
spot_img

ट्रान्क्यूुलिटी स्पाद्वारा भैरहवामा आरोग्य जनचेतना तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना

spot_img
spot_img

ट्रन्क्यूलिटी स्पाले स्पा संघ नेपालको साझेदारीमा र नेपाल पर्यटन बोर्डको समर्थनमा असार ५, २०८९ (जुन १९, २०२६) मा भैरहवास्थित सिद्धार्थ भिलसामा आरोग्य जनचेतना तथा पर्यटन प्रवद्र्धन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ कार्यक्रमको औपचारिक उद्घाटन नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले गरेका थिए ।

यस कार्यक्रममा सरकारि अधिकारी, पर्यटन उद्योगका अग्रणी व्यक्तित्व, वेलनेश विशेषज्ञ तथा व्यापारिक समुदायका प्रतिनिधिहरु सहभागी भई लुम्बिनी प्रदेशमा स्वस्थ जीवन, र वेलनेश पर्यटनको प्रवद्र्धनमा जोड दिएका थिए ।
आयोजकका अनुसार नेपालमा भइरहेको आरोग्य पर्यटन वर्षकोे सन्दर्भमा आयोजना गरिएको यो कार्यक्रमको उद्देश्य लुम्बिनी क्षेत्रमा पर्यटन वृद्धिमा  आरोग्य पर्यटनको अपार सम्भावनाहरुको बारेमा जनचेतना फैलाउनु थियो।

समारोहमा स्पा एसोसिएसन नेपालका अध्यक्ष सुरेश पुरी, आयोजक समितिका अध्यक्ष भुवन फैजु, नेपाल पर्यटन बोर्डका पूर्व प्रमूख कार्यकारी अधिकृत दीपक राज जोशी, होटल एसोसिएसन नेपालका केन्द्रीय सदस्य तथा सिद्धार्थ होटल एसोसिएसन (सान)का अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्रालय सचिव नारद गैतम, सिद्धार्थ हस्पिटालिटी ग्रुपका संस्थापक अध्यक्ष लक्ष्मण न्यौपाने, र आयोजक समितिका सह–अध्यक्ष निशा श्रेष्ठको लगायतको उपस्थिति रहेको थियो।

आफ्नो सम्बोधनमा मन्त्री पौडेलले मानव जीवनको केन्द्रीय उद्देश्य खुशीको खोजी हो र यात्रा र वेलनेश त्यस खोजीसँग अन्तर्निहित रूपमा जोडिएको बताए । उनले नेपालको पर्यटनको मूख्य भाग आरोग्य पर्यटन सँग जोडिएको र देशको पर्यटन क्षेत्र यस बिना अधुरो रहेको बताए ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बहुचर्चित मुद्दामा मन्त्री पौडेलले सरकारले विमानस्थललाई छिटोभन्दा छिटो पूर्ण रूपमा नियमित सञ्चालनमा ल्याउन सक्रिय रूपमा काम गरिरहेको बताए। नेपालले एक करोड पर्यटक आकर्षित गर्ने महत्वाकांक्षी लक्ष्य राखेको र यो लक्ष्य हासिल गर्न सरकारले थप ढिलाइ नगरी भैरहवा र पोखरा विमानस्थल दुवैलाई सञ्चालनमा ल्याउनुपर्ने उनले उल्लेख गरे। यदि नेपाल आफ्नो पर्यटन लक्ष्यमा पुग्न गम्भीर छ भने यी शहरहरूलाई विश्वभरका अन्तर्राष्ट्रिय गन्तव्यहरू र विमानस्थलहरूसँग जोड्नु आवश्यक रहेको उनको भनाई थियो।

स्पा एसोसिएसन नेपालका अध्यक्ष सुरेश पुरीले नेपालमा वेलनेस टुरिज्मको सम्भावनाको बारेमा विस्तृत जानकारी दिए । उनले उपचार भन्दा रोकथाम बढी प्रभावकारी रहेको बताउदै आजको आधुनिक संसारमा तनाव व्यवस्थापनको लागि व्यायाम, योग र ध्यानलाई प्रभावकारी उपाय बत्येको उल्लेख गरे।

उनले नेपालका स्पा र वेलनेस तालिम संस्थानहरूले हाल सरकारबाट उचित सम्बद्धता (एफीलिएसन) प्राप्त नगरेकोमा गम्भीर चिन्ता पनि व्यक्त गरे ।

ट्रन्क्यूलिटी स्पाले १८ वर्षदेखि देश तथा विदेशमा उच्चस्तरीय वेलनेश सेवा प्रदान गर्दै आएको छ । काठमाडौको लाजिम्पाटबाट शुरु भएको यो स्पा अहिले काठमाडौँ, चितवन, पोखरा र मलेसियामा प्रख्यात होटलहरुसँगको साइझादारीमा सञ्चालित छ र भैरहवास्थित सिद्धार्थ भिलसामा नयाँ शाखा मार्फत लम्बन्नि प्रदेशमा विस्तार गरिसकेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेप्सेमा स्नो रिभर्सको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्नो रिभर्स लिमिटेडको शेयर सूचीकृत...

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्ने, स्वाप कति ?

जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले...

नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा आह्वान, हकप्रद निष्काशन गर्ने प्रस्ताव

नेरुडे मिर्मिरे लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...
spot_img