spot_img

नेप्सेमा स्नो रिभर्सको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्नो रिभर्स लिमिटेडको शेयर सूचीकृत भएको छ। आज बिहिबार कम्पनीको ९३ लाख ७५ हजार कित्ता शेयर सूचीकृत भएको हो।

शेयर सूचीकृत भएपछि शुक्रबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ। सोमबारबाटको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस रेन्जबीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ। कम्पनीको शेयर (SNORL) सिम्बलबाट कारोबार हुने छ।

 कम्पनीले वैशाख २९ गतेदेखि  जेठ १ गतेसम्म आम सर्वसाधारणलाई ७ लाख ७८ हजार १ सय २५ कित्ता शेयर निष्काशन गरेको थियो। नेपाल धितोपत्र बोर्डले माघ १८ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

यस कम्पनीले ताप्लेजुङमा १३.५० मेगावाट क्षमताको सुपर काबेली खोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ पुस ५ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ।   

यस कम्पनी अध्यक्ष मोहन बिक्रम कार्की हुन्। कम्पनीका अन्य ठूला शेयरधनीमा नेशनल इक्विटी फण्ड वान, प्रताप गुरुङ, तारा बहादुर कार्की, कृष्ण प्रसाद न्यौपाने लगायत रहेका छन्। 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

तोलामै ३६ सयले बढ्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ बढेक छ । बिहिबार प्रतितोला...

गुराँस बन्यो लाभांश घोषणा गर्ने पहिलो लघुवित्त, ९.५ प्रतिशत बोनस प्रस्ताव

गुराँस लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको असोज २...

अवसर इक्विटी लिमिटेडको साधारणसभा आह्वान, ११.५ प्रतिशत लाभांश प्रस्ताव

अवसर इक्विटी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

आरविवि म्युचुअल फण्ड १ र २ को लाभांश घोषणा

आरविवि मर्चेन्ट बैंकिंङ लिमिटेडले  संचालन गरेको आरविवि म्युचुअल फण्ड...

राइड सेयरिङका लागि ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक, शून्य डाउनपेमेन्ट

५ हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहित तपाईंको बजारले राइड...

सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप

भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण...