Tuesday, June 16, 2026
spot_img

अध्यादेश ल्याएर विगतका राजनीतिक नियुक्ति एकैपटक खारेज गर्ने तयारीमा सरकार

spot_img
spot_img

सरकारले अध्यादेश ल्याएर विगतका सरकारले गरेका राजनीतिक नियुक्तिहरु एकैपटक खारेज गर्ने तयारी गरेको खुलेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नै अध्यादेश ल्याएर सबै राजनीतिक नियुक्ति एकैपटक खारेज गर्ने तयारीमा सरकार रहेको भेटघाटमा पुगेका व्यक्तिहरुलाई सुनाएका छन् ।

सत्ता चलाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले संसदमा सम्बोधन गर्दै विगतका सरकारबाट राजनीतिक नियुक्ति पाएका व्यक्तिहरुलाई मार्ग प्रशस्त गर्न भनेका थिए । नेता र पार्टीका सिफारिसमा नियुक्ति लिएकाहरुलाई स्वेच्छिक रुपमा राजीनामा दिएर विधिको पालनामा सघाउन रबीले अनुरोध गरेका थिए ।

‘हिजो नियुक्ति लिएका सार्वजनिक सेवा र निकायका पदाधिकारीले स्वेच्छाले मार्गप्रशस्त गरिदिनु हुनेछ भन्ने विश्वास पनि लिन चाहन्छु’ उनले संसदमा सम्बोधन गर्दै भनेका थिए ।

त्यसपछि पनि अपेक्षाकृत रुपमा राजनीतिक नियुक्ति लिएकाहरुले राजीनामा नबुझाएपछि सरकारले अध्यादेश ल्याएर एकैपटक हटाउन चाहेको अर्थमन्त्री डा. वाग्लेले खुलासा गरेका छन् । बैशाख १४ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले नै अध्यादेश जारी गर्ने हल्ला चलेको थियो । तर, यस सम्बन्धमा कुनै निर्णय भए नभएको सार्वजनिक गरिएको छैन ।

अध्यादेश जारी गर्नकै लागि संसद बैठकसमेत सरकारले नै पछि सारेको चर्चा पनि भइरहेको छ ।

अध्यादेशको चर्चापछि धमाधम राजीनामा
सरकारले अध्यादेश ल्याएर हटाउने तयारी थालिएको पूर्व सूचना दिँदै स्वेच्छिक राजीनामा गर्न राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरुलाई एक खालको दबाब नै दिएको थियो । प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयले राजीनामा दिन सुझाव दिएको भन्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष शन्तोष नारायण श्रेष्ठले बैशाख ४ गते राती अर्थ मन्त्रालयमा पुगेर राजीनामा बुझाए ।

ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद बिक्रम राणाले पनि राजीनामा बुझाइसकेका छन् । सोमबार मात्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अध्यक्ष हेमन्त बस्यालले राजीनामा दिएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

५ हजार भन्दा बढी औषधि पसलको लाईसेन्स खारेज

सरकारले ५ हजार भन्दा बढी औषधि पसलको लाईसेन्स खारेज...

पूर्वाधार विकास मन्त्रालयमा अटोमोवाइलसँग सम्बन्धित विभिन्न विषयमा छलफल

नाडाले पूर्वाधार विकास मन्त्रालयका मन्त्री सुनिल लम्सालसँग भेट गरेको...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

राष्ट्रिय वाणिज्य बैंकद्वारा गोरखाको सिउरेनीटार र जुम्लाको सिंजामा शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं...

म्यानपावरलाई विभागको निर्देशनः देशभित्रका एयरपोर्टबाट मात्रै श्रमिकलाई विदेश पठाउनू

वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरुलाई निर्देशन दिँदै श्रमिकलाई विदेश...

ERC मा पदाधिकारी नहुँदा हाइड्रोले AGM गर्न पाएनन्, पारित बोनस पनि भएन लिस्टिङ

विद्युत नियमन आयोग (ERC ) मा पदाधिकारी नहुँदाको असर...
spot_img