Tuesday, April 21, 2026
spot_img
spot_img

सदस्यता समितिले १८ वटा संघलाई किन गरेको थिएन सदस्यता सिफारिस ? यस्तो छ हरेकको कारण

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघभित्र ‘१८ वस्तुगत सदस्य’को किचलोले गर्दा अहिलेसम्म चुनाव र साधारणसभाको अन्योल कायमै छ । चैत २८ र २९ गते हुनुपर्ने साधारणसभा र निर्वाचन एक दिन ढिला गरी चैत २९ र ३० गतेका लागि तय भएको थियो । तर, अदालतको आदेशका कारण स्थगित भयो र अब बैशाख २१ र २२ गतेका लागि तोकिएको छ । यो मितिमा पनि साधारणसभा र चुनाव हुन्छ वा हुँदैन भन्ने दुविधा यथावत नै छ ।

के हो १८ सदस्य विवाद ?

२०८१ साल फागुन २३ गते महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा नेतृत्वको सदस्यता समितिको बैठक बसेको थियो । उक्त बैठकले महासंघको वस्तुगत सदस्यता प्राप्तीका लागि १९ वटा निवेदन आएको र त्यसमध्ये ‘फोरम हेल्थ एण्ड टेक्निकल साइन्स’ मात्रै योग्य रहेको भन्दै उसलाई सदस्यता दिनका लागि महासंघको कार्यकारिणी समितिमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

तर, फागुन २३ को सदस्यता समितिको सिफारिस विपरित फागुन २६ गतेको कार्यकारिणी समिति बैठकले निवेदन दिएका सबैलाई वस्तुगत सदस्यता प्रदान गर्ने निर्णय गरेको थियो । त्यसपछि महासंघ, महासंघका अध्यक्ष चन्द्र ढकाल, कार्यकारिणी समिति र सदस्यता समिति समेतलाई विपक्षी बनाएर नेपाल पोल एसोसियशनका अध्यक्ष किशोर प्रधानले उच्च अदालत पाटमा रिट दायर गरे । २०८१ साल चैत ११ गते दायर रिटमा अदालतले चैत १२ गते नै कारण देखाउ आदेश जारी गर्दै दूबै पक्षलाई छलफलमा बोलाएको थियो ।

यसपछि विभिन्न मितिमा १६ पटक पेशी तोकियो । २०८२ साल पौष १६ गते तोकिएको १७औँ पटकको पेशीमा भने अदालतले अन्तिम फैसला गर्दै निवेदकको माग बमोजिम १८ वटा संघहरुको वस्तुगत सदस्यता खारेज गरिदियो ।

यी हुन् खारेजीमा परेका वस्तुगत सदस्यहरुः

१) एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यू्सन अफ नेपाल सातदोबाटो ललितपुर
२) नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, नयाँ बानेश्वर काठमाडौं
३) नेपाल यर्सागुम्बा संघ, सुकेधारा काठमाडौं
४) एएसी ब्रिक उत्पादक संघ, टेकु काठमाडौं
५) नेपाल कागज उत्पादक संघ, काठमाडौं वडा नं. १४
६) उर्जा उत्पादक संगठन, नेपाल काठमाडौं वडा नं. २९
७) नेपाल किवी उत्पादक तथा व्यवसायी संघ, विर्तामोड झापा
८) नेपाल वेसार संघ, गोकर्णेश्वर काठमाडौं
९) नेपाल कोदो तथा फापर संघ, काठमाडौं वडा नं. ३२
१०) नेपाल छुर्पी व्यवसायी संघ, धुलाबारी मेची
११) नेपाल ओखर उत्पादक तथा व्यवसायी संघ बिर्तामोड झापा
१२) नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघ, हात्तिसार काठमाडौं
१३) नेपाल पुस्तक तथा तथा स्टेसनरी व्यवसायी महासंघ, सातदोबाटो ललितपुर
१४) नेपाल सुन्तला एंव कागती संघ, बुढानिलकण्ठ काठमाडौं
१५) प्लाष्ट नेपाल फाउण्डेशन टेकु काठमाडौं
१६) नेपाल सिङगिंङ बाउल संघ, ठमेल काठमाडौं
१७) नेपाल कृषि तथा पशुपंक्षी व्यवसायी संघ, ललितपुर
१८) नेपाल वितरक महासंघ, कोटेश्वर काठमाडौं

अदालतले सदस्यता खारेज भएकाको हकमा १५ दिन भित्र पुनः निर्णय गर्न आदेश दिएको थियो । अदालतले सदस्यता दिने/नदिनेको समुचित आधार र कारण खोली विधानको दफा ९.३ को भावना अनुकूल हुने गरी विधान सम्मत प्रकृयाबाट पुनः निर्णय गर्न आदेश दिएको थियो । तर, महासंघले अदालतले भनेको १५ दिनभित्र कुनै निर्णय गरेन । बरु, ६०औँ साधारणसाभाको मिति घोषणा गरेर चुनावी प्रक्रियासमेत अघि बढायो ।

सदस्यता समितिले किन दिएको थिएन सिफारिस ?

निवर्तमान अध्यक्ष गोल्छा नेतृत्वको सदस्यता समितिले उल्लेखित १८ वटा संघ तथा महासंघलाई वस्तुगत सदस्यता प्रदान गर्न नमिल्ने कारणसहित सिफारिस गरेको थिएन । समितिले हरेक संघ तथा महासंघको हकमा छुट्टा–छुट्टै कारण देखाएको थियो ।

एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यू्सन अफ नेपाल सातदोबाटो ललितपुर

वस्तुगत सदस्यता प्राप्त गर्न विधानको दफा ११.५ मा ‘कुनै एक वर्ग भित्र सिमित रही गठन भएको वस्तुगत संघ वा वस्तुगत महासंघलाई सदस्यता दिएपछि सोही वर्गलाई समेटिएको अर्को वस्तुगत संघ वा महासंघलाई सदस्यता दिइने छैन’ भन्ने व्यवस्था रहेकोमा निवेदक संस्थाबाट महासंघको वस्तुगत सदस्य एशोसियसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालसँगको वर्गलाई समेटिएको देखिएकाले सिफारिस नगरिएको ।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, नयाँबानेश्वर काठमाडौं

वस्तुगत सदस्यता प्राप्त गर्न विधानको दफा ११.५ मा ‘कुनै एक वर्ग भित्र सिमित रही गठन भएको वस्तुगत संघ वा वस्तुगत महासंघलाई सदस्यता दिएपछि सोही वर्गलाई समेटिएको अर्को वस्तुगत संघ वा महासंघलाई सदस्यता दिइने छैन’ भन्ने व्यवस्था रहेकोमा निवेदक संस्थाबाट महासंघको सदस्य ढुवानी व्यवसायी महासंघ र नेपाल पेट्रोलियम डिलर्स एशोसियसनको वर्गलाई समेटिएको देखिएकाले सिफारिस नगरिएको ।

नेपाल यार्सागुम्बा संघ

वस्तुगत सदस्यता प्राप्त गर्न विधानको दफा ११.२ मा कुनै खास उद्योग, वाणिज्य, सेवा वा व्यवसाय सम्बन्धि स्थापित वस्तुगत संघले सदस्यता प्राप्त गर्न सक्ने, विधानको दफा ११.३ मा विगत तीन वर्षदेखि क्रियाशील रहेको हुनुपर्ने व्यवस्था रहेकोमा दर्ता भएको ३ वर्ष पनि पुरा नभएको, असम्बन्धित (गोरखनाथ कुचो सप्लायर्स, पशुपतिनाथ कुचो ट्रेडर्स, शुभलक्ष्मी फुडस् प्रडक्टस प्रा.लि.इलाम जिन्जर एक्सपर्ट प्रा.लि. लगायत) वर्गका सदस्य रहेको, संघमा आवद्ध सदस्यहरुको प्रकृति हेर्दा विशुद्धरुपमा यार्सागुम्बा व्यवसाय कारोबार गर्ने व्यवसायी भन्दा अन्य कारोवारसमेत गर्ने एवं अन्य वर्गको व्यवसाय गर्ने व्यवसायीहरु बढी रहेकोसमेत देखिएकाले सिफारिस नगरिएको ।

एएसी बिक्र उत्पादक संघ

वस्तुगत सदस्यता प्राप्त गर्न विधानको दफा ११.३ मा कानून बमोजिम दर्ता भएका ७५ वटा सदस्य हुनुपर्ने र विगत तीन वर्षदेखि क्रियाशील रहेको हुनुपर्ने व्यवस्था रहेको एवं विधानको दफा ११.५ मा “कुनै एक वर्ग भित्र सीमित रही गठन भएको वस्तुगत संघ वा वस्तुगत महासंघलाई सदस्यता दिएपछि सोही वर्गलाई समेटिएको अर्को वस्तुगत संघ वा महासंघलाई सदस्यता दिइने छैन” भन्ने व्यवस्था रहेकोमा निवेदक संस्थाले महासंघको वस्तुगत सदस्य नेपाल इट्टा उद्योग महासंघको वर्गलाई समेटेको एवं निवेदकले पेश गरेको आवद्ध सदस्यताको सूचीमा जम्मा ९ वटा मात्र सदस्य रहेकोसमेत देखिएकाले सिफारिस नगरिएको ।

नेपाल कागज उत्पादक संघ

वस्तुगत सदस्यता प्राप्त गर्न विधानको दफा ११.३ मा कानून बमोजिम दर्ता भएका सदस्य हुनपर्ने र विगत तीन वर्षदेखि क्रियाशील रहेको हुनुपर्ने व्यवस्था रहेको एवं विधानको दफा ११.५ मा “कुनै एक वर्ग भित्र सिमित रही गठन भएको वस्तुगत संघ वा वस्तुगत महासंघलाई सदस्यता दिएपछि सोही वर्गलाई समेटिएको अर्को वस्तुगत संघ वा महासंघलाई सदस्यता दिइने छैन” भन्ने व्यवस्था रहेकोमा निवेदक संस्था दर्ता भएको ३ वर्ष पनि नपुगेको, निवेदक संघबाट महासंघको वस्तुगत सदस्य नेपाल हाते कागज संघ र नेपाल पल्प एण्ड पेपर उत्पादक संघको वर्गलाई समेटिएको समेत देखिएकाले सिफारिस नगरिएको ।

उर्जा उत्पादक संगठन नेपाल

वस्तुगत सदस्यता प्राप्त गर्न दफा ११.५ मा ‘कुनै एक वर्ग भित्र सिमित रही गठन भएको वस्तुगत संघ वा वस्तुगत महासंघलाई सदस्यता दिएपछि सोही वर्गलाई समेटिएको अर्को वस्तुगत संघ वा महासंघलाई सदस्यता दिइने छैन’ भन्ने व्यवस्था रहेकोमा सदस्यता खारेजीको लागि पत्र प्राप्त भएको, निवेदक संस्थाबाट महासंघको बस्तुगत सदस्य नेपाल सौर्य विद्युत उत्पादक संघ र नेपाल विद्युतीय उत्पादक संघको वर्गलाई समेटिएको देखिएकाले सिफारिस नगरिएको ।

नेपाल किबी उत्पादक तथा व्यवसायी संघ

नेपाल उद्योग वाणिज्य महासंघ उद्योगी तथा व्यवसायीको हकहित संरक्षणको लागि स्थापित भएको (विधानको प्रस्तावना एवं उद्देश्यमा), विधानको दफा ११.३ मा कानून बमोजिम दर्ता भएका कम्तीमा ७५ वटा सदस्य हुनुपर्ने र विगत तीन वर्षदेखि क्रियाशील रहेको हुनुपर्ने व्यवस्था रहेकोमा दर्ता भएको ३ वर्ष पनि पुरा नभएको, असम्बन्धित (प्रसान्त सुन्तला फर्म, अनिल मौरी पालन फर्म, शाश्वत यौगिक तरकारी फर्म, अलैंची फर्म) वर्गका फर्म सदस्य रहेको, ४६ वटा सदस्य संस्था÷फर्महरु निवेदकहरु मध्येको ओखर उत्पादक संघ तथा व्यवसायी संघको सदस्य रहेको, संघमा आवद्ध सदस्यहरुको प्रकृति हेर्दा विशुद्धरुपमा किबी व्यवसाय कारोबार गर्ने व्यवसायी भन्दा अन्य कारोबारसमेत गर्ने व्यवसायी रहेकोसमेत देखिएको हुँदा सिफारिस नगरिएको ।

नेपाल बेसार संघ

नेपाल उद्योग वाणिज्य महासंघ उद्योगी तथा व्यवसायीको हकहित संरक्षणको लागि स्थापित भएको (विधानको प्रस्तावना एवं उद्देश्यमा), विधानको दफा ११.२ मा कुनै खास उद्योग, वाणिज्य, सेवा वा व्यवसाय सम्बन्धि स्थापित वस्तुगत संघले सदस्यता प्राप्त गर्न सक्ने, दफा ११.३ मा कानून बमोजिम दर्ता भएका कम्तीमा ७५ वटा सदस्य हुनुपर्ने र विगत तीन वर्षदेखि क्रियाशील रहेको हुनुपर्ने व्यवस्था रहेकोमा दर्ता भएको ३ वर्ष पनि नपुगेको, संस्थामा बेसार व्यवसायसँग असम्बन्धित (श्रेष्ठ काष्ठ उद्योग, श्रेष्ठ आधुनिक कृषि फर्म (तरकारी, फलफूल सुन्तला र कागती खेती गर्ने), बोहोरा कृषि फार्म (गाई भैंसी पालन, भेडाबाख्रा पालन, सुँगुर बंगुर पालन आदि), बुद्धबाटिका अचार उद्योग, ओम प्रकाश हर्वल प्रोसेसिङ इण्डस्ट्रीज (जडबुटी प्रशोधन गरी तेल उत्पादन गर्ने), लाङ्घाली एग्रोभेट सेन्टर, बागेश्वरी पेटारे इन्टरप्राइजेज, भयौंली कुण्ड सुगन्धित तेल उद्योग, मियो बायो प्रोडक्टस (सुगन्धित तेल उत्पादन गरी बिक्र्री गर्ने), बुढाथोकी कृषि औजार पसल, दाहाल बर्दस (पलास्टिकका वस्तुहरुको थोक बिक्रेता) लगायतका फरक वर्गका फर्महरु सदस्य रहेको, २९ वटा सदस्यहरु नेपाल कोदो तथा फापर संघको समेत सदस्य भएको, संघमा आवद्ध सदस्यहरुको प्रकृति हेर्दा विशुद्धरुपमा बेसार व्यवसाय कारोवार गर्ने व्यवसायी भन्दा अन्य कारोबारसमेत गर्ने एवं अन्य वर्गको व्यवसाय गर्ने व्यवसायीहरु बढी रहेकोदेखिएको हुँदा सिफारिस नगरिएको ।

नेपाल कोदो तथा फापर संघ

नेपाल उद्योग वाणिज्य महासंघ उद्योगी तथा व्यवसायीको हकहित संरक्षणको लागि स्थापित भएको (विधानको प्रस्तावना एवं उद्देश्यमा), विधानको दफा ११.२ मा कुनै खास उद्योग, वाणिज्य, सेवा वा व्यवसाय सम्बन्धि स्थापित वस्तुगत संघले सदस्यता प्राप्त गर्न सक्ने, दफा ११.३ मा कानून बमोजिम दर्ता भएका कम्तीमा ७५ वटा सदस्य हुनुपर्ने र विगत तीन वर्षदेखि क्रियाशील रहेको हुनुपर्ने व्यवस्था रहेकोमा दर्ता भएको ३ वर्ष पनि नपुगेको एवम् सदस्यहरु मध्ये ११ वटा भन्दा बढी सदस्यहरु असम्बन्धित (जस्तो रामेछाप दुग्ध संकलन बिक्री तथा चिस्यान केन्द्र, रामेछाप डेरी उद्योग, दहाल एण्ड सन्स ट्रेडर्स (काठका सामान, वेत वासका सामान खरिद बिक्री गर्ने), दाहाल ब्रदर्श (पलाष्टिकका वस्तुहरुको थोक बिक्री गर्ने), साया फेन्सी, जय माँ बाख्रा फर्म, आर.एस.बी. लोकल कुखुरा फर्म, लक्ष्मी पशुपालन दुध तथा कृषि फर्म (गाईवस्तु तथा भैंसी), प्रकृति पशुपंक्षी तथा कृषि फर्म, (पशु पालन, भेडा बाख्रा पालन), लक्ष्मी बाख्रा पालन फर्म, मलबरा बंगुर फर्म, लगायत जस्ता फरक वर्गका फर्म रहेको, २९ वटा सदस्यहरु नेपाल बेसार संघको समेत सदस्य भएको, संघमा आवद्ध सदस्यहरुको प्रकृति हेर्दा विशुद्धरुपमा कोदो तथा फापर कारोबार गर्ने व्यवसायी भन्दा अन्य कारोबारसमेत गर्ने एवम् अन्य वर्गको व्यवसाय गर्ने व्यवसायी बढी रहेकोसमेत देखिएको हुँदा सिफारिस नगरिएको ।

नेपाल छुर्पी व्यवसायी संघ

वस्तुगत सदस्यता प्राप्त गर्न विधानको दफा ११.३ मा कानून बमोजिम दर्ता भएका सदस्य हुनपर्ने र विगत तीन वर्षदेखि क्रियाशील रहेको हुनुपर्ने व्यवस्था रहेको एवम् विधानको दफा ११.५ मा “कुनै एक वर्ग भित्र सीमित रही गठन भएको वस्तुगत संघ वा वस्तुगत महासंघलाई सदस्यता दिएपछि सोही वर्गलाई समेटिएको अर्को वस्तुगत संघ वा महासंघलाई सदस्यता दिइने छैन” भन्ने व्यवस्था रहेकोमा दर्ता भएको ३ वर्ष पनि नपुगेको एवं निवेदक संघबाट महासंघको वस्तुगत सदस्य नेपाल डेरी एशोसिसनको वर्ग वा क्षेत्र समेटिएको साथै २९ वटा सदस्य नेपाल यार्सागुम्बा संघसँग पनि आवद्ध रहेको, संघमा आवद्ध सदस्यहरुको प्रकृति हेर्दा विशुद्धरुपमा छुर्पीको कारोबार गर्ने व्यवसायी भन्दा अन्य कारोबारसमेत गर्ने एवम् अन्य वर्गको व्यवसाय गर्ने व्यवसायी बढी रहेको समेत देखिएकाले सिफारिस नगरिएको ।

नेपाल ओखर उत्पादक संघ तथा व्यवसायी संघ

नेपाल उद्योग वाणिज्य महासंघ उद्योगी तथा व्यवसायीको हकहित संरक्षणको लागि स्थापित भएको (विधानको प्रस्तावना एवं उद्देश्यमा), विधानको दफा ११.२ मा कुनै खास उद्योग, वाणिज्य, सेवा वा व्यवसाय सम्बन्धि स्थापित वस्तुगत संघले सदस्यता प्राप्त गर्न सक्ने, दफा ११.३ मा कानून बमोजिम दर्ता भएका कम्तीमा ७५ वटा सदस्य हुनुपर्ने र विगत तीन वर्षदेखि क्रियाशील रहेको हुनुपर्ने व्यवस्था रहेकोमा दर्ता भएको ३ वर्ष पनि नपुगेको, सदस्यको सूचीमा ७७ सदस्य रहेकोमा सगरमाथा कृषि फर्म दोहोरो उल्लेख भएको, सप्तरङ्गी बहुउद्देश्यी कम्पनी प्रा.लि. तीन पटक दोहोरीएबाट जम्मा ७४ सदस्य रहेको, ओखर उत्पादक तथा व्यवसायीसँग असम्बन्धित फर्म (पशुपति गाइपालन तथा किबी फर्म, सूर्यदय फुटवयर, पशुपालन तथा डेरी उद्योग, देवी किबी फर्म, सुनौलौ अलैंची कृषि फर्म, अनिल मौरी पालन फर्म, प्रसाई सुन्तला फर्म) सदस्यको सूचीमा रहेको, ४६ वटा सदस्य संस्था÷फर्महरु निवेदकहरु मध्येको नेपाल किबी उत्पादक तथा व्यवसायी संघको सदस्य रहेको, संघमा आवद्ध सदस्यहरुको प्रकृति हेर्दा विशुद्धरुपमा ओखर व्यवसाय कारोबार गर्ने व्यवसायी भन्दा अन्य कारोबारसमेत गर्ने एवम् अन्य वर्गको व्यवसाय गर्ने व्यवसायी बढी रहेकोसमेत देखिएको हुँदा सिफारिस नगरिएको ।

नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघ

विधानको दफा ११.५ मा “कुनै एक वर्ग भित्र सिमित रही गठन भएको वस्तुगत संघ वा वस्तुगत महासंघलाई सदस्यता दिएपछि सोही वर्गलाई समेटिएको अर्को वस्तुगत संघ वा महासंघलाई सदस्यता दिइने छैन” भन्ने व्यवस्था रहेकोमा महासंघको वस्तुगत सदस्य संस्था नेपाल मसलन्द तथा शैक्षिक सामाग्री संघको वर्गलाई निवेदक संस्थाबाट समेटिएको हुँदा सिफारिस नगरिएको ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ

विधानको दफा ११.५ मा “कुनै एक वर्ग भित्र सिमित रही गठन भएको वस्तुगत संघ वा वस्तुगत महासंघलाई सदस्यता दिएपछि सोही वर्गलाई समेटिएको अर्को वस्तुगत संघ वा महासंघलाई सदस्यता दिइने छैन” भन्ने व्यवस्था रहेकोमा निवेदक संस्थाबाट महासंघको वस्तुगत सदस्य नेपाल मसलन्द तथा शैक्षिक सामाग्री संघको वर्गलाई समेटिएको हुँदा निवेदक संस्थालाई सिफारिस नगरिएको ।

नेपाल सुन्तला तथा कागती संघ

नेपाल उद्योग वाणिज्य महासंघ उद्योगी तथा व्यवसायीको हकहित संरक्षणको लागि स्थापित भएको (विधानको प्रस्तावना एवं उद्देश्यमा), विधानको दफा ११.२ मा कुनै खास उद्योग, वाणिज्य, सेवा वा व्यवसाय सम्बन्धि स्थापित वस्तुगत संघले सदस्यता प्राप्त गर्न सक्ने, दफा ११.३ मा कानून बमोजिम दर्ता भएका सदस्य हुनुपर्ने र विगत तीन वर्षदेखि क्रियाशील रहेको हुनुपर्ने व्यवस्था रहेकोमा दर्ता भएको ३ वर्ष पनि नपुगेको, ७९ सदस्य मध्ये ५ जना (घनश्याम वालिङ राई, खगे्रन्द प्रसाद घिमिरे, सुरेश कुमार चापागाई, निवास केशर बहादुर वानियाँ र प्रकाश जि.सी.) सदस्य व्यक्तिगत पान लिएका व्यक्ति रहेको, संस्थाले प्रतिनिधित्व गर्ने खास व्यवसायको अतिरिक्त अन्य व्यवसायसँग सम्बन्धित रहेका होटल, रुद्राक्ष स्टोर, मोहन सुपारी उद्योग, मोती माला भण्डार लगायतका फर्महरुलाई सदस्यको सुचीमा समावेश गरेको, संघमा आवद्ध सदस्यहरुको प्रकृति हेर्दा विशुद्धरुपमा ओखर व्यवसाय कारोबार गर्ने व्यवसायी भन्दा अन्य कारोबारसमेत गर्ने एवं अन्य वर्गको व्यवसाय गर्ने व्यवसायी बढी रहेकोसमेत देखिएको हुँदा सिफारिस नगरिएको ।

प्लाष्ट नेपाल फाउण्डेसन

विधानको दफा ११.५ मा “कुनै एक वर्ग भित्र सिमित रही गठन भएको वस्तुगत संघ वा वस्तुगत महासंघलाई सदस्यता दिएपछि सोही वर्गलाई समेटिएको अर्को वस्तुगत संघ वा महासंघलाई सदस्यता दिइने छैन” भन्ने व्यवस्था रहेकोमा महासंघको सदस्य संस्था नेपाल प्लाष्टिक उत्पादक संघको वर्गलाई निवेदक संस्थाबाट समेटिएको देखिँदा सिफारिस नगरिएको ।

नेपाल सिङगिङ बाउल संघ

वस्तुगत सदस्यता प्राप्त गर्न विधानको दफा ११.३ मा कानून बमोजिम दर्ता भएका सदस्य हुनुपर्ने र विगत तीन वर्षदेखि क्रियाशील रहेको हुनुपर्ने व्यवस्था रहेको एवम् विधानको दफा ११.५ मा ‘कुनै एक वर्ग भित्र सिमित रही गठन भएको वस्तुगत संघ वा वस्तुगत महासंघलाई सदस्यता दिएपछि सोही वर्गलाई समेटिएको अर्को वस्तुगत संघ वा महासंघलाई सदस्यता दिइने छैन’ भन्ने व्यवस्था रहेकोमा निवेदक संस्था दर्ता भएको ३ वर्ष पनि पूरा नभएको, निवेदक संस्थामा प्रचलित कानून बमोजिम दर्ता भएको सदस्य नरही प्यान लिएका प्राकृतिक व्यक्तिहरु मात्र सदस्य रहेको एवम् निवेदक संस्थाबाट महासंघको वस्तुगत सदस्य नेपाल हस्तकला महासंघको वर्गलाई समेटिएको देखिएकाले सिफारिु नगरिएको ।

नेपाल कृषि तथा पशुपंक्षी व्यवसायी संघ

नेपाल उद्योग वाणिज्य महासंघ उद्योगी तथा व्यवसायीको हकहित संरक्षणको लागि स्थापित भएको (विधानको प्रस्तावना एवं उद्देश्यमा), वस्तुगत सदस्यता प्राप्त गर्न विधानको ११.३ मा कानून बमोजिम दर्ता भएका सदस्य हुनुपर्ने र विगत तीन वर्षदेखि क्रियाशील रहेको हुनुपर्ने व्यवस्था रहेकोमा निवेदक संस्था दर्ता भएको ३ वर्ष पनि पूरा नभएको र निवेदक संस्थामा प्रचलित कानून बमोजिम दर्ता भएको सदस्य नरही प्राकृतिक व्यक्तिहरु मात्र सदस्य रहेको देखिएकाल ेसिफारिस नगरिएको ।

नेपाल वितरक महासंघ

वस्तुगत सदस्यताको सन्दर्भमा विधानको दफा ११.३ बमोजिम कम्तीमा ७५ वटा शुल्क तिरेका सदस्य भएको हुनुपर्ने एवम् विधानको दफा ११.४ मा वस्तुगत महासंघको सदस्यको लागि १००० सदस्य हुनुपर्ने व्यवस्था रहेकामा निवेदक संस्थाको सदस्य विवरणबाट जम्मा ४३ वटा मात्रै सदस्य रहेको देखिएकाले सिफारिस नगरिएको ।

चैत २२ को मुद्दाले थप गिजोलियो विवाद

६०औँ साधारणसाभाको मिति घोषणा भएर चुनावी प्रक्रिया अघि बढेपछि चैत्र २२ गते नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ सहितले साधारणसभा र निर्वाचन रोक्न माग गर्दै मुद्दा दायर गरिदिए । उक्त मुद्दामा सुनुवाई गर्दै उच्च अदालत पाटनका न्यायाधीश स्वीकृति पराजुलीको एकल इजलाशले चैत्र २३ गते कारण देखाउ आदेश र अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।

चैत २६ गते न्यायाधीशद्वय खड्कबहादुर के. सी. र दीपक खनालको संयुक्त इजलाशले चैत २३ कै आदेशलाई निरन्तरता दिँदै निवेदकको माग बमोजिम नै अन्तरिम आदेश जारी गरिदियो । जसका कारण चैत २९ र ३० का लागि तोकिएको साधारणसभा र निर्वाचन रोकियो ।

यस लगत्तै बसेको महोसंघको बैठकले सबै विवाद समाधान गरेर बैशाख २१ र २२ का लागि साधारणसभा र निर्वाचनको नयाँ मिति तोकेको छ । तर, विवाद सुल्झिने गरी संवाद अघि बढेको छैन ।

१८ सदस्यको आफ्नै दाबी

आफूहरुको सदस्यता सम्बन्धि विवादलाई टुङ्गो नलगाई साधारणसभा र चुनाव गर्न लागिएको भन्दै १८ संघहरुले असन्तुष्टि जनाएका छन् । ५९औँ साधारणसभामा आफूहरुले उपस्थिति जनाएर निर्णय प्रक्रियामा हस्ताक्षरसमेत गरेको हुनाले ६०औँ साधारणसभामा उपस्थित नगराउने विषय कानून र विधिसम्मत नहुने दाबी गर्दै आएका छन् ।
आफूहरुलाई सहभागी नगराई साधारणसभा र निर्वाचन प्रक्रिया अघि बढाइए थप कानूनी प्रक्रियामा जाने उनीहरुको चेतावनी छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

TMS को ‘कमजोरी लुकाउन’ थालिएको चलखेल असफल, नेप्सेको चासोपछि दुवै पक्ष ब्याक

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई आइटी अडिट...

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...

माउण्ट एभरेष्ट पावरले वैशाख १७ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैशाख १७ गतेदेखि पहिलो...

सोपान फर्मास्युटिकल्सको आईपीओ भर्ने आज अन्तिम दिन

सोपान फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन...

 सिटिजन्स बैंक २०औं वर्षमा प्रवेश

२०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको...
spot_img