बिपी राजमार्गअन्तर्गत काभ्रेको कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड अवरुद्ध भएको छ । वर्षाका कारण कटुञ्जे–मङ्गलटार सडकखण्डको विभिन्न स्थानमा ‘डाइभर्सन’ बगाएका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले काभ्रेले जनाएको छ ।
डाइभर्सन मर्मत सुरु गरिए पनि आवागमन सुरु गर्न केही घण्टा लाग्ने बताइएको छ । काभ्रे प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढ्दा यसअघि बनाइएका अस्थायी डाइभर्सन बगाएको हो ।
राजमर्गा अवरुद्ध भएपछि सवारीसाधनलाई अहिले राजमार्गको प्रवेशमार्ग धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको छ ।













