नेताले स्वीस बैंकमा पैसा राखेको भए अनुसन्धानमा सघाउन राजदुत समक्ष गृहमन्त्रीको आग्रह

spot_img
spot_img

गृहमन्त्री सुधन गुरुङसँग नेपालका लागि स्वीस राजदूत डेनिएल मैवलीले आज शिष्टाचार भेट गरेकी छिन् । गृह मन्त्रालयमा भएको सो भेटमा राजदूत मैवलीले गृहमन्त्रीलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिईन् ।

नेपाली उच्चपदस्थ व्यक्तिहरूले भ्रष्टाचारलगायत कसुरबाट अवैध रूपमा आर्जन गरेको रकम स्वीस बैंकमा जम्मा गरेनगरेको विषयमा अनुसन्धानका लागि दुई देशबीच सहकार्य गर्न तथा रकम जम्मा गरेको देखिएमा नेपाल सरकारको अनुरोधमा उक्त रकम फिर्ता ल्याउने व्यवस्था गर्न आवश्यक पहल गरिदिन गृहमन्त्री गुरुङले राजदूतसमक्ष आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

विपद् व्यवस्थापनका क्षेत्रमा गृहमन्त्री गुरुङको एक दशकभन्दा लामो अनुभव र उल्लेखनीय योगदान रहेकोप्रति सम्मान प्रकट गर्दै राजदूतले नेपालमा जलवायु परिवर्तन एवं विपद् जोखिम न्यूनीकरणका लागि पूर्वचेतावनी प्रणालीलाई थप सुदृढ बनाउन स्वीस सरकारले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ग्यासमा भ्याटः निगमले क्षेत्राधिकार बाहिर गएर सर्कुलर जारी गरेको आरोप, मूल्य के होला ?

नेपाल आयल निगमले एलपी ग्यास बिक्रेतालाई अनिवार्य रुपमा भ्याट...

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा १६ प्रतिशत लाभांश घोषणा

स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । बैंकको...

सुनको भाउ बढ्यो

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

राष्ट्रिय वाणिज्य बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज...

सगरमाथा हेलिकोप्टरद्वारा उडान सुरु

सगरमाथा हेलिकोप्टर कम्पनीले व्यवसायिक उडान सुरु गरेको छ ।...

शेयर बेच्नु अघि सूचना दिनु पर्ने नियम विरुद्द परेको रिटमा सर्वोच्चको यस्तो आदेश

आधारभूत सेयरधनीले शेयर बेच्नुभन्दा अगाडि नै पूर्व सूचना दिनु...