सगरमाथा हेलिकोप्टर कम्पनीले व्यवसायिक उडान सुरु गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट एयर अपरेटर सर्टिफिकेट (एओसी) पाएसँगै कम्पनीले असोज ३१ गते फुलपातीको दिनबाट व्यवसायिक उडान सुरु गरेको हो ।
सगरमाथा हेलिले व्यसायिक उडान सुरु भएसँगै माउण्टेन फ्लाइट, उद्दार उडान र चलचित्र सुटिङ लगायतका सम्पूर्ण सेवा दिइने जनाएको छ । कम्पनीले ५ वर्ष भित्रमा ५ वटा हेलिकोप्टरबाट सेवा दिने लक्ष्य राखेको छ ।
सगरमाथा हेलिकोप्टरले २०८२ फागुनमा नै उडान सञ्चालन अनुमति पाएको थियो । कम्पनीको कार्यालय हाल सिनामंगलमा छ ।










