राष्ट्रिय वाणिज्य बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज कार्तिक १० गते अन्तिम दिन रहेको छ । बैंकले असोज २९ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको हो।
बैंकले प्रति ऋणपत्र १,००० रूपैयाँ अंकित मूल्यमा ३० लाख कित्ताले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो । यो ऋणपत्र मध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने छ भने १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन गरिएको छ। सर्वसाधरणको लागि छुट्टयाइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको छ । आवेदन दिँदा न्युनतम २५ कित्ता र अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिने छ ।
वार्षिक ६ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्रको अवधि ७ वर्षको रहेको छ। ऋणपत्र निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असोज २ गते ऋणपत्र निष्काशनको अनुमति दिएको हो ।










