विकास हाइड्रोपावर कम्पनी लिमिटेडको ४.५५ मे.वा. क्षमताको माथिल्लो माछाखोला साना जलविद्युत आयोजनाले पुन: विद्युत उत्पादन सुरु गरेको छ ।असोज ११ गते बुढीगण्डकी नदीमा आएको भिषण बाढीले आयोजनाको प्रसारण लाईनको टावरहरुमा क्षति पुगेपछि आयोजनाको विद्युत उत्पादन बन्द रहेको थियो ।
उक्त प्रसारण लाईन अन्तर्गतको क्षति पुगेका टावरहरुको मर्मत संभार पश्चात २०८३ कार्तिक ८ गते बिहान ११:०८ देखि आयोजनाको विद्युत प्रसारण पुनः संचालनमा आएको कम्पनीले जनाएको छ।










