Sunday, June 28, 2026
spot_img

ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न

spot_img
spot_img

ट्रान्क्यूलिटी स्पा र जुम्बा इन्स्ट्रक्टर्स नेटवर्क (जिन) नेपालको सहकार्यमा चैत्र २२ गते शनिबार “स्प्रिङ जुम्बा फेष्ट” सम्पन्न भएको छ। रोयाल ट्यूलिप काठमाडौं हस्पिट्यालिटी पार्टनर रहेको उक्त कार्यक्रममा देशभरका करिब ४०० फिटनेसप्रेमी र लाइसेन्स प्राप्त जुम्बा प्रशिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको स्पाले जनाएको छ।

स्पाका अनुसार बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रममा जुम्बा नृत्य, डिटक्स तथा डिस्ट्रेस गतिविधिमार्फत सहभागीहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गरिएको थियो। जिन नेपालले हाल नेपालभर ५० भन्दा बढी लाइसेन्स प्राप्त प्रशिक्षकहरूलाई समेट्दै, फिटनेस समुदाय विस्तारमा सक्रिय भूमिका खेलिरहेको छ।

कार्यक्रममा ट्रान्क्यूलिटी स्पाका प्रमूख मानव संसाधन तथा वित्त अधिकृत साथै जिन नेपालको सक्रिय सदस्य निशा श्रेष्ठले भनिन्, “यस्ता कार्यक्रमहरूले मानिसलाई स्वस्थ र सक्रिय जीवनशैली अपनाउन प्रेरित गर्दछ, जसमा सहकार्य गर्न पाउँदा हामी निकै खुशी छौं।”

यसै क्रममा बेशाख १८ गते शुक्रबार द सोल्टी काठमाडौं स्थित ट्रान्क्यूलिटी स्पामा जुम्बा प्रशिक्षक तालिम आयोजना गरिने भएको । साथै, ट्रान्क्यूलिटी स्पा र जिन नेपाल बीच वेलनेश संस्कृति प्रवद्र्धन गर्नका लागि आगामी दिनहरुमा पनि सहकार्य गरिने स्पाले जनाएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले...

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

कस्तो रहला आजको मौसम ?

आज आइतबार कोशी प्रदेशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना...

एनवाईइएफ ललितपुरको अध्यक्षमा अनुकूल श्रेष्ठ निर्वाचित, युवा उद्यमशीलता, स्टार्टअप र नेतृत्व विकासमा जोड

नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) ललितपुर च्याप्टरको वार्षिक साधारण...

पोर्चुगलसँग बराबरी खेलेपछि कोलम्बिया बन्यो समूह बिजेता

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बिया...
spot_img