Sunday, May 3, 2026
spot_img
spot_img

उद्योगलाई जोगाउन भारतद्वारा ४० प्रकारका कच्चा पदार्थमा पूर्ण भन्सार छुटको घोषणा

spot_img
spot_img

भारत सरकारले महत्वपूर्ण पेट्रोकेमिकल उत्पादनहरूमा ३० जुन २०२६ सम्म पूर्ण भन्सार महसुल छुट दिने निर्णय गरेको छ। पश्चिम एशियामा जारी द्वन्द्वका कारण वैश्विक आपूर्ति शृङ्खलामा देखिएको अवरोधलाई मध्यनजर गर्दै उद्योगहरुलाई आवश्यक पर्ने ४० प्रकारका कच्चा पदार्थको भन्सार दर घटाएर शुन्यमा झारेको हो ।

भारतीय वित्त मन्त्रालयले यो अस्थायी तर लक्षित राहत भएको जनाएको छ। यसले घरेलु उद्योगलाई आवश्यक पेट्रोकेमिकल कच्चा पदार्थ तथा इन्टरमिडिएट्सको निरन्तर उपलब्धता सुनिश्चित गर्न, डाउनस्ट्रीम क्षेत्रमा लागतको दबाब घटाउन र देशभित्र आपूर्ति स्थिरता कायम राख्न मद्दत गर्ने बताईएको छ।

यो छुटले प्लास्टिक, प्याकेजिङ, टेक्सटाइल, औषधि, रसायन, अटोमोटिभ कम्पोनेन्ट र अन्य उत्पादन क्षेत्रलाई प्रत्यक्ष फाइदा पुर्‍याउने छ। अन्तिम उपभोक्ताहरूले पनि उत्पादनको मूल्य घट्न सक्ने भएकाले राहत महसुस गर्नेछन्।

छुट दिइएका मुख्य उत्पादनहरूमा एनहाइड्रस अमोनिया, टोलुइन, स्टाइरिन, पोलिप्रोपाइलिन, पोलिभिनाइल क्लोराइड (पीभीसी), पोलिथिलिन टेरेफ्थालेट (पीईटी) चिप्स लगायत विभिन्न पोलिमर र केमिकलहरू समावेश छन्। यो कदमले द्वन्द्वका कारण बढेको मूल्य र आपूर्ति संकटबाट प्रभावित उद्योगहरूलाई तत्काल राहत दिने अपेक्षा गरिएको छ।

यी हुन् भन्सार दर शुन्य पारिएका ४० सामग्री

  • Anhydrous ammonia
  • Toluene
  • Styrene
  • Dichloromethane (methylene chloride)
  • Vinyl chloride monomer
  • Methanol (methyl alcohol)
  • Isopropyl alcohol
  • Monoethylene Glycol (MEG)
  • Phenol
  • Acetic acid
  • Vinyl acetate monomer
  • Purified Terephthalic Acid (PTA)
  • Ethylenediamine
  • Di Ethanolamine and Mono Ethanolamine
  • Toluene di-isocyanate
  • Ammonium nitrate
  • Linear alkylbenzenes
  • Polymers of ethylene (including Ethylene-vinyl acetate)
  • Polypropylene
  • Polystyrene
  • Styrene-acrylonitrile (SAN)
  • Acrylonitrile-butadiene-styrene (ABS)
  • Polyvinyl Chloride (PVC)
  • Polytetrafluoroethylene
  • Polyvinyl acetate
  • Polyvinyl alcohol
  • Poly (methyl methacrylate)
  • Polyoxymethylene (POM- acetal)
  • Polyols
  • Polyether Ether Ketone (PEEK)
  • Epoxy resins
  • Polycarbonates
  • Alkyd resins
  • Poly ethylene terephthalate (PET) Chips
  • Unsaturated polyester resins
  • Poly butylene terepthalate
  • Formaldehyde, Urea formaldehyde, Melamine formaldehyde, Phenol formaldehyde
  • Polyurethanes
  • Polyphenylene sulphide (PPS)
  • Poly butadiene
  • Styrene butadiene
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img