आज पनि बढेर डलर बन्यो अहिलेसम्म कै महँगो, रेमिट्यान्स आउँदा फाइदा हुने

spot_img
spot_img

आज मंगलबार नेपाली बजारमा अमेरिकी डलरको मूल्य बढेको छ। आज एक अमेरिकी डलरको बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा पुग्दै डलर फेरी हालसम्मकै महँगो बिन्दुमा पुगेको छ। हिजो डलरको मूल्य १५२.०१ रुपैयाँ रहेकोमा आज सामान्य बढेर १५२.०४ रुपैयाँ पुगेको हो ।

यो भनेको १ डलर पाउनको लागि १५२ रुपैयाँ ०४ पैसा नेपाली रकम खर्च गर्नु पर्छ । अर्थात् एक डलर साट्नको लागि अब अहिलेसम्मकै धेरै पैसा तिर्नु पर्छ । यसलाई अर्को भाषामा भन्दा डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्म कै कमजोर बनेको छ।

राष्ट्र बैंकले तोकेको एक अमेरिकी डलरको खरिददर भने १५१५ रुपैयाँ ४४ पैसा तोकेको छ । यो राष्ट्र बैंकले खरिद गर्ने मूल्य हो ।

डलरको मूल्य बढ्दा कसलाई के फाईदा ?

डलरको मूल्य महँगो हुँदा कसलाई फाईदा हुन्छ भने कसैलाई घाटा हुन्छ। सबैभन्दा ठूलो फाइदा विदेशमा कार्यरत नेपाली कामदारले पठाउने रेमिट्यान्सको आयमा हुन्छ। डलरको मूल्य महँगो हुँदा नेपाल आउने रेमिट्यान्स बढ्छ । डलरमा पठाएको रेमिट्यान्स नेपालमा साट्दा धेरै पैसा आउँछ, डलरको भाउ महँगो हुँदा डलर साट्दा पाइने नेपाली रकम धेरै हुने हो ।

त्यस्तै डलरको मूल्य महँगो हुँदा नेपालमा प्राप्त हुने वस्तु तथा सेवाहरु पहिलेको भन्दा कम डलरमा पाइन्छ । यसले पर्यटनहरुलाई नेपालमा आकर्षण गर्न मद्दत गर्न सक्छ । जसबाट नेपालले फाईदा लिन सक्छ ।

त्यस्तै डलर महँगो हुँदा नेपालले निर्यातबाट धेरै लाभ लिन सक्छ । नेपालले वस्तु तथा सेवा विदेश निर्यात गर्दा डलर प्राप्त गर्ने र सो डलर महंगो हुँदा नेपालले थप आम्दानी गर्न सक्छ । यसले केही हदसम्म भएपनि ब्यापार घाटा घटाउन मद्दत गर्नसक्छ ।

तर नेपालले निर्यात भन्दा  आयात धेरै गर्ने भएकोले डलरको मूल्य महँगो हुँदा आयात महँगो हुन जान्छ । यसले नेपालको वैदेशिक मुद्राको संचितिमा असर पुर्याउन सक्छ । साथै डलरको मूल्य बढ्दा नेपालले डलरमा तिर्नु पर्ने सावाँ र ब्याज महँगो हुन्छ । यसले नेपाललाई थप आर्थिक भार पर्छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ७ निर्णय

आज मङ्सिर ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ७...

प्रधानमन्त्रीसँग भारत जाने ५२ जना उद्योगी–व्यवसायीको टोलीमा मालपानीसहित को को छन् ? (नामसहित)

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालबाट ५२ जना...

IT Audit ले देखायो ब्रोकरको गम्भीर सुरक्षा कमजोरी, सेबोनले लग्यो सबै रिपोर्ट

संचालनमा रहेका ९० वटै स्टक ब्रोकरले  आइटी अडिट सम्पन्न...

प्रधानमन्त्रीसँग ५२ जना व्यवसायी पनि भारत जाँदै, आफ्नो खर्च आफैँले ब्यहोर्नुपर्ने

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालबाट ५२ जना...

सुनको भाउमा पहिरो, २ लाख ४५ हजारमा झर्‍यो

आज शुक्रबार पनि सुनको भाउमा भारी गिरावट आएको छ...

पर्याप्त छैनन् ईभीका प्राविधिक जनशक्ति, ‘३९० घण्टे’ तालिमले राहत दिने अपेक्षा

नेपालमा विद्युतीय सवारी साधन (ईभी)को खपत बढिरहेको छ ।...