नव नियुक्त प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्रीको सपथ लिएपछि राष्ट्रपति कार्यालयबाट बाहिरिएका छन् । राष्ट्रपति कार्यालयमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनियताको सपथ दिलाएका थिए।
शाहले १२:३४ को शुभ साइत पारेर सपथ लिएका थिए। सपथ ग्रहणको क्रममा १०८ जना बटुकद्वारा स्वस्ति–शान्ति वाचन गरिएको थियो भने १०८ जना बौद्ध भिक्षु/लामाद्वारा शुभ–मंगल पाठ गरिएको थियो । साथै ७ वटा शंखबाट शंखनाद गरिएको थियो।
प्रधानमन्त्रीको सपथ पछि अब उनी दिउँसो २:१५ बजे सिंहदरबार गएर पदभार ग्रहण गर्ने छन् । संविधान जारी भएपछि पहिलो पटक संविधान धारा ७६ (१) अनुसार सरकार गठन भएको छ। आज नै १५ सदस्यीय मन्त्रिपरिषद् गठन भईसकेको छ ।












