राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले शुक्रबार प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने भएका छन् । चैत १३ गते शुक्रबार अपरान्ह १२ः३४ बजे बालेनले पद तथा गोपनीयताको शपथ लिने भएका हुन् ।
शाहको शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शखनाद हुने, १०८ जना बटुकबाट स्वस्ती शान्ति वाचन गराइने र १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गरिने तालिका रहेको बताइएको छ ।
शपथ लगत्तै दिउँसो २ः१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बाहली गर्ने तय भएको बताइएको छ ।












