आज असार १६ गते यस वर्षको मनसुन प्रणाली देशैभर फैलिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज असार १६ गते मनसुन देशभर नै फैलिएको हो ।
नेपालमा यस वर्षको मनसुन असार ५ गते देशको पूर्वी भू-भागबाट प्रवेश गरी कोशी प्रदेशको केही भू-भागमा विस्तार भएको थियो। त्यसपछि असार ८ गते कोशी प्रदेशको बाँकी सम्पूर्ण भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा सम्म विस्तार भएको थियो ।
नेपालमा मनसुन साधारणतया जून १३ तारिखमा देशको पूर्वी भू-भागबाट प्रवेश गरी एक हप्ता भित्र विस्तार हुने गर्दछ । यस वर्ष मनसुन सरदर मिति भन्दा ६ दिन ढिलो नेपाल प्रवेश गरेको थियो । देशैभर मनसुन विस्तार हुन यस वर्ष १२ दिन लागेको छ।












