Tuesday, June 30, 2026
spot_img

कामना सेवा विकास बैंकले पायो ‘Best Presented Annual Report’ अवार्ड

spot_img
spot_img

कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) द्वारा हरेक वर्ष प्रदान गरिने प्रतिष्ठित National Best Presented Annual Report (BPA) Award 2025 अन्तर्गत वित्तीय सेवा क्षेत्र तर्फको विधामा गोल्ड अवार्डबाट सम्मानित भएको छ ।

कामना सेवा विकास बैंकले लगातार तीन वर्ष उत्कृष्ट प्रदर्शन कायम राख्न सफल भएको छ । बैंकले BPA Award 2023 मा Silver Award, BPA Award 2024 मा Gold Award तथा BPA Award 2025 मा पुन: Gold Award बाट सम्मानित भएको हो । बैंकको वित्तीय विवरण लगातार रुपमा दक्षिण एसियामै विशिष्ट मानिने साफा अवार्डवाट समेत लगातार सम्मानित हुदै आएको छ । यससँगै बैंकले वित्तीय पारदर्शिता, सुशासन र गुणस्तरीय वित्तीय प्रतिवेदन प्रस्तुतिमा निरन्तर उत्कृष्टता कायम राख्दै आएको पुष्टि गरेको बैंकले जनाएको छ।

उक्त अवार्ड बैंकले आफ्नो वार्षिक प्रतिवेदनमार्फत वित्तीय विवरण, संस्थागत सुशासन, पारदर्शिता, उत्तरदायित्व तथा सरोकारवालामुखी सूचना प्रस्तुतिकरणलाई उच्च प्राथमिकताका साथ प्रस्तुत गरेको मूल्याङ्कनका आधारमा प्रदान गरिएको हो । BPA Award ले संस्थाहरूको वार्षिक प्रतिवेदनको गुणस्तर, वित्तीय पारदर्शिता तथा उत्कृष्ट प्रस्तुतीकरणलाई प्रोत्साहन गर्ने उद्देश्य राख्दछ ।

काठमाडौंको होटल याक एण्ड यतीमा आयोजित एक विशेष समारोहमा ICAN का अध्यक्ष निल बहादुर सारुले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री विनय दाहाललाई उक्त अवार्ड प्रदान गरेका हुन् । बैंकको उत्कृष्ट प्रतिवेदन प्रस्तुति तथा वित्तीय पारदर्शिताप्रतिको प्रतिबद्धताको कदरस्वरूप प्रदान गरिएको यस सम्मानले बैंकको संस्थागत सुशासन तथा उत्तरदायी वित्तीय अभ्यासलाई थप पुष्टि गरेको बैंकले उल्लेख गरेको छ।

यस सम्मानले बैंकको वित्तीय विवरण तथा वार्षिक प्रतिवेदनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासअनुरूप थप प्रभावकारी, विश्वसनीय र पारदशी बनाउने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको बैंकले जनाएको छ । बैंकले आगामी दिनमा पनि सरोकारवालाहरूलाई समयानुकूल, यथार्थपरक तथा गुणस्तरीय वित्तीय सूचना उपलब्ध गराउँदै उत्कृष्ट संस्थागत अभ्यासलाई निरन्तरता दिने विश्वास व्यक्त गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राराको दृश्यावलोकनका लागि परिचित मुगुको मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु

नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको...

नेपाल प्रवेश गरेको १२ दिनपछि देशैभरि फैलियो मनसुन

आज असार १६ गते यस वर्षको मनसुन प्रणाली देशैभर...

चिया निर्यातमा भारतीय अवरोध हट्यो

झण्डै २ महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु...

गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनको लागि एउटा मात्र AMC कम्पनी खुल्ने, तयारी तिब्र

सरकारले समयसीमा नै तोकेर आगामी आर्थिक वर्षको बजेट मै...

तोलामै ४५ सयले घट्यो सुनको भाउ

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...

स्काईवेलको आधिकारिक बिक्रेता रहेन जी मोटर्स, अदालतबाट पनि हार्यो मुद्दा

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनी विरुद्द...
spot_img