महासंघको आगामी नेतृत्व सर्वसम्मत ढङ्गले चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा जोड दिएका छन् । ललितपुर उद्योग वाणिज्य महासंघको ५९औँ स्थापना दिवसका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले महासंघभित्र सहमति र सहकार्यमार्फत नेतृत्व चयन गर्न सके संस्थागत एकता बलियो भएको सन्देश जाने बताएका हुन् ।

निजी क्षेत्रको साझा संस्था भएकाले यसको नेतृत्व पनि साझा सहमतिमै चयन हुँदा महासंघ अझ सशक्त र प्रभावकारी बन्ने उनको भनाइ छ । नयाँ बन्ने सरकारसँग निजी क्षेत्र सहकार्य गर्न तयार रहेको बताउँदै अध्यक्ष ढकालले यसका लागि पनि महासंघमा सहमतिबाटै नयाँ नेतृत्व चयन हुनुपर्ने बताए ।

साथै, आफूले समेत सहमतिको प्रयत्न गर्ने बताउँदै उनले पूर्व अध्यक्षहरुले सुरु गरेको प्रयासप्रति धन्यवाद व्यक्त गरेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ७ निर्णय

आज मङ्सिर ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ७...

प्रधानमन्त्रीसँग भारत जाने ५२ जना उद्योगी–व्यवसायीको टोलीमा मालपानीसहित को को छन् ? (नामसहित)

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालबाट ५२ जना...

IT Audit ले देखायो ब्रोकरको गम्भीर सुरक्षा कमजोरी, सेबोनले लग्यो सबै रिपोर्ट

संचालनमा रहेका ९० वटै स्टक ब्रोकरले  आइटी अडिट सम्पन्न...

प्रधानमन्त्रीसँग ५२ जना व्यवसायी पनि भारत जाँदै, आफ्नो खर्च आफैँले ब्यहोर्नुपर्ने

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालबाट ५२ जना...

सुनको भाउमा पहिरो, २ लाख ४५ हजारमा झर्‍यो

आज शुक्रबार पनि सुनको भाउमा भारी गिरावट आएको छ...

पर्याप्त छैनन् ईभीका प्राविधिक जनशक्ति, ‘३९० घण्टे’ तालिमले राहत दिने अपेक्षा

नेपालमा विद्युतीय सवारी साधन (ईभी)को खपत बढिरहेको छ ।...