Sunday, March 15, 2026
spot_img

महासंघ निर्वाचनः सांघाईले अन्जन समर्थित टिम ‘हाइज्याक’ गरेको चर्चा, चुलियो असन्तुष्टि

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष (गत निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा पराजित भएका) रामचन्द्र सांघाईले ४ जना उपाध्यक्षका उम्मेदवारहरुलाई आफू नेतृत्वको टिम भन्दै महासंघका सदस्यहरुलाई ह्वाट्स एपमा म्यासेज पठाएपछि अहिले हङ्गामा मच्चिएको छ । जिल्ला नगर उपाध्यक्षका उम्मेदवार द्वय दिलसुन्दर श्रेष्ठ र कृष्ण प्रसाद शर्मा, वस्तुगत उपाध्यक्षका उम्मेदवार शिवप्रसाद घिमिरे र एसोसियट उपाध्यक्षका उम्मेदवार प्रबलजंग पाण्डेलाई सांघाईले आफू नेतृत्वको टिमका उम्मेदवार भन्दै आन्तरिक प्रचार थालेपछि टिममै असन्तुष्टि देखिएको छ ।

हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ (भावी अध्यक्ष)ले समर्थन गरेको टिमलाई सांघाईले आफ्नो टिम भनेर प्रचारबाजी गराएको भन्दै अहिले जिल्ला नगरका दुइ उपाध्यक्षका उम्मेदवारहरुले चर्को असन्तुष्टि जनाइरहेका छन् । ‘एक त हामीले अहिले नै वरिष्ठ उपाध्यक्षको उम्मेदवार प्रस्ताव गरेर चुनावमा नजाने सहमति गरेका छौँ’ उपाध्यक्षका उम्मेदवार दिलसुन्दर श्रेष्ठले भने, ‘अर्को कुरा हामीले अहिलेसम्म जतिपनि जिल्लाको भ्रमण गरेका छौँ, हामीले आफ्नो उम्मेदवारी रहने कुरा भन्दै आएका छौँ । तर, एकाएक हाम्रो समेत फोटो राखेर रामचन्द्र सांघाईको टिम भनेर समाचार आएपछि हामी अचम्ममा परेका छौँ ।’

उनले रामचन्द्र सांघाईलाई आइतबार बेलुका भेटेरै यो खालको प्रचारबाजी नगर्न र फिर्ता लिन अनुरोध गरिने पनि बताए । ‘रामचन्द्र सांघाई हाम्रो उम्मेदवार होइनन्’ उनले स्पष्ट पारे ।

उपाध्यक्षका अर्का उम्मेदवार कृष्ण शर्माले पनि रामचन्द्र सांघाईलाई आफूहरुको कुनै समर्थन नरहेको प्रष्ट पारेका छन् । ‘म डडेलधुरामा हुँदा न्यूज आयो, बिना कुनै सल्लाह र हाम्रो समर्थन बिना हामी समेतलाई मेरो टिम भनेर उहाँले प्रचार गरेपछि हामी बाँकी जिल्ला (जाजरकोट लगायत)को भ्रमण स्थगित गरेर फर्कियौँ’ उनले भने, ‘अब रामचन्द्र सांघाईसँग बसेर विषय प्रष्ट पार्न भन्छौँ । उहाँले यो खालको अनर्गल प्रचारबाजी रोक्नुपर्छ ।’

के भन्छन् सुरकृष्ण वैद्य ?

हालका उपाध्यक्ष सुरकृष्ण वैद्य महासंघको आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षका दाबेदार छन् । उपाध्यक्षका उम्मेदवारहरु दिलसुन्दर श्रेष्ठ र कृष्ण प्रसाद शर्मालाई लिएर वैद्य भोट माग्न जिल्ला जिल्लामा पुगिरहेका छन् । यद्यपी, वरिष्ठ उपाध्यक्ष र महिला उपाध्यक्षको औपचारिक रुपमा उम्मेदवारी घोषणा नगर्ने उनीहरुको टिममा भद्र सहमति छ ।

तर, एकाएक श्रेष्ठ र शर्मासहित शिव घिमिरे र प्रबलजंग पाण्डेलाई समेत आफ्नो टिममा देखाउँदै सांघाईले प्रचार गरेपछि देशभरी नै अन्योलको अवस्था सिर्जना भएको छ । ‘न्यूज आएपछि सबैतिर खैलाबैला भएको छ’ वैद्य भन्छन्, ‘उहाँ (रामचन्द्र सांघाई)ले सबैलाई मेरो टिम यो हो भनेर म्यासेज नै पठाउनु भएछ । तर चारै जना उपाध्यक्षका उम्मेदवारहरु उहाँको टिममा हुनुहुन्न ।’

यसबारे बुझ्नका लागि सांघाईलाई पटकपटक सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आएनन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपाले टुङ्गो लगायो ५७ जना समानुपातिक सांसद, ४८ महिला र ९ पुरुष

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसदको नाम टुंगो...

रास्वपाले आज ५७ जना समानुपातिक सांसदको नाम टुङ्गो लगाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज समानुपातिक सांसदको नाम टुंगो...

सानिगाड हाइड्रोले चैत्र ८ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

सानिगाड हाइड्रो लिमिटेडले चैत्र ८ गतेदेखि पहिलो चरणको आईपीओ...

तोलामा ४८ सयले सस्तियो सुन, चाँदीको भाउमा पनि गिरावट

आज आइतबार सुनचाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला...

स्थानीयले कालिन्चोक हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

कालिन्चोक हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओमा...

हकप्रद निष्काशनको लागि राप्ती हाइड्रोले चयन गर्यो बिक्री प्रबन्धक

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद निष्काशनको लागि...
spot_img