राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आइतबार बिहान प्रसाईंलाई निवासबाटै पक्राउ गरेको हो ।
प्रहरीले प्रसाईंलाई अहिले जिल्ला प्रहरी परिसर भक्तपुरमा राखेको छ ।
यसअघि ४ फागुन ४ गते पक्राउ १३ गते अदालतको आदेशमार्फत रिहा भएका प्रसाईं फेरि समातिएका हुन् । उनी मेडिकल कलेज सञ्चालक हुन् ।












