आज बुधबार पनि सुनचाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ३७ हजार ७ सय ४० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ४ हजार २ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ६ सय ६० रुपैयाँ ५० पैसा तोकिएको छ ।












