पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भ्रष्टाचार मुद्दाका आरोपितमध्ये ५ जना साधारण तारिखमा रिहा भएका छन् । विशेष अदालतले पाँच जना आरोपितलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले पूर्वसचिवहरु मधुकुमार मरासिनी, मोहनकृष्ण सापकोटा, सुमनप्रसाद शर्मा, पूर्वउपसचिव प्रेमनाथ उपाध्याय र नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन प्रबन्धक रामचन्द्र सुवेदीलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको हो ।
यो प्रकरणका अर्का आरोपित नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई भने सर्वोच्च अदालतले विशेष अदालतको धरौटीको आदेश उल्ट्याई थुनामा पठाउने आदेश गरेको छ ।
अख्तियारले मंसिर २९ गते पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै ५ पूर्वमन्त्रीहरुसहित ५६ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको थियो ।












