Wednesday, July 1, 2026
spot_img

सन नेपाल लाइफलाई “Certificate of Merit” अवार्ड

spot_img
spot_img

सन नेपाल लाइफ इन्स्योरेन्सले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा प्रदान गरिने National Best Presented Annual Report Award–2025 अन्तर्गत Certificate of Merit प्राप्त गरेको छ।

आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, नेपाल वित्तीय प्रतिवेदन मापदण्ड तथा अन्य प्रचलित लेखा मापदण्डहरूको प्रभावकारी पालना, साथै संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धतालाई मूल्याङ्कन गर्दै आईक्यानले कम्पनीलाई उक्त Certificate of Merit प्रदान गरेको हो।

उक्त अवसरमा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले यो सम्मान सम्पूर्ण सन नेपाल लाइफ परिवारका लागि गर्व र खुसीको विषय भएको बताए । उनले यस सम्मानले कम्पनीलाई वित्तीय पारदर्शिता, सुशासन तथा उत्कृष्ट कार्यसम्पादनलाई अझ सुदृढ बनाउन थप प्रेरणा र जिम्मेवारी प्रदान गरेको उल्लेख गरे ।

साथै, उनले यस उपलब्धिमा मार्गदर्शन गर्ने सञ्चालक समिति, कम्पनीप्रति विश्वास व्यक्त गरी आबद्ध सम्पूर्ण बीमितहरू, अभिकर्ताहरू, कर्मचारीहरू, शेयरधनीहरू, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरे ।

सन नेपाल लाइफले १५० शाखा तथा उप शाखा कार्यालयहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ । शिक्षा, स्वास्थ्य र जोखिम व्यवस्थापनको क्षेत्रमा सक्रिय रहँदै आएको सन नेपाल लाइफले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस किसिमको कार्यहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ग्लोबल आइएमईको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्ने सुविधा

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ ठगी (फिसिङ र स्क्याम)...

वित्तीय सेवाबाट कति सन्तुष्ट छन् ग्राहक ?, सर्भे गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३ (...

क्रिप्टोकरेन्सी कारोबारबाट डोनाल्ड ट्रम्पले कमाए १ अर्ब डलर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा क्रिप्टोकरन्सीसम्बन्धी व्यवसायबाट...

बजेट नल्याउने २३ वटा स्थानीय तहलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

पूर्वमा थपिँदै लक्जरी होटेल ब्राण्ड ‘होलिडे इन’, नेपालकै ठूलो क्यासिनोदेखि भव्य बैंक्वेटसम्म

झापा, विराटनगर, इटहरी लगायतका शहरहरु मुलुककै अर्थतन्त्रका लागि प्रमुख...

घरजग्गा कारोबारको लाइसेन्स पाएका कम्पनीले अधिकतम् ५ प्रतिशत मात्रै सेवा शुल्क लिने

घर जग्गा कारोबारको इजाजतपत्र प्राप्त कम्पनीहरुले सेवाबापत अधिकतम् ५...
spot_img