Sunday, August 16, 2026
spot_img

३ प्रतिशत ब्याजमा पाइने ‘स्टार्टअप कर्जा’का लागि ९६६ प्रस्ताव छनोट, अब कसरी पाउँछन् ऋण ?

spot_img

चालु आर्थिक वर्ष २०८२/०८३ को स्टार्टअप कर्जाका लागि ९६६ प्रस्ताव छनोट भएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ९६६ प्रस्तावक छनोट गरेको हो ।

कर्जा पाउनका लागि योग्य भएका प्रस्तावकले शुक्रबारसम्म तोकिएको बैंक शाखामा सम्पर्क गर्नुपर्नेछ । असार मसान्त पश्चात परियोजना प्रस्ताव र सिफारिस रकम स्वतः निष्क्रिय हुने भएकाले त्यस अगाडि नै कर्जा लिन पनि प्रतिष्ठानले आह्वान गरेको छ ।

कर्जा प्राप्तीका लागि छनोट भएका प्रस्तावकले अब व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र, प्यान÷भ्याट दर्ताको प्रमाणपत्र, उद्यमीको नागरिकताको सक्कल प्रमाणपत्र, आव २०८१/०८२ को करचुक्ताको प्रमाणपत्र र आधिकारिक व्यक्तिको पासपोर्ट साइजको फोटोसहित तोकिएको बैंक शाखामा सम्पर्क गर्नुपर्नेछ ।

यसअघि स्टार्टअप उद्यम कर्जा कार्यक्रम २०८२ का लागि १ हजार ३०१ प्रस्तावकले आवेदन दिएका थिए । त्यसपछि प्रतिष्ठानले आवेदकमध्येबाट कर्जा प्राप्त गर्न योग्य १ हजार २९८ परियोजनाको प्रारम्भिक सूची निकालेको थियो । उक्त सूचीमा परेकालाई प्रस्तुतीकरणका लागि आह्वान गरिएकोमा १ हजार १५६ परियोजनाका प्रस्तावकले मात्रै प्रस्तुतीकरणमा भाग लिएका थिए ।

११ सय ५६ प्रस्तावकहरुको प्रस्तुतीकरण पश्चात प्रतिष्ठानले ९६६ प्रस्ताव छनोट गरेको हो ।

चालु आर्थिक वर्षमा स्टार्टअप कर्जाबापत एक स्टार्टअप उद्यमीले ३ प्रतिशत ब्याजदरमा अधिकतम् २० लाख रुपैयाँसम्म बिना धितो कर्जा पाउनेछन् । यसअघि सरकारले ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म स्टार्टअप कर्जा दिँदै आएको थियो ।

चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यविधिअनुसार अधिकतम् सीमा २५ लाखबाट २० लाख कायम गरिएको छ । गतवर्ष स्टार्टअप कर्जाका लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएकोमा चालु आर्थिक वर्षका लागि सरकारले जम्मा ७३ करोड मात्रै छुट्याएको छ ।

गत आर्थिक वर्ष २०८१/०८२ मा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ६०० उद्यमीलाई ८८ करोड ६६ लाख २५ हजार रुपैयाँ कर्जा प्रदान गरेको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आईपीओ निष्कासन गर्दै जेमिनी रिसाइकल, अब नेपालमै हुनेछ ईभीका ब्याट्रीको रिसाइकलिङ

जेमिनी रिसाइकल नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ)...

पाँचतारे होटलमा डेढ सय सिलिण्डर ग्यास स्टक हुनु ‘कालोबजारी’ हो ?

साउन २८ गते उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री गौरी यादवको...

बढ्यो सुनचाँदीको भाउ

आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार प्रतितोला...

एस.टी.सी. इनर्जी इन्डस्ट्रिजद्वारा १५० भन्दा बढी सवारीसाधनको ब्याट्री परीक्षण

नेपालमै गुणस्तरीय ब्याट्री उत्पादनका लागि लागि परेको एस.टी.सी. इनर्जी...

नेपालमै बनेको विद्युतीय स्कुटर हेर्न कारखानामै पुगे अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका...

एनएमबि क्यापिटलका ३ म्युचुअल फण्डको लाभांश घोषणा

एनएमबि क्यापिटलले संचालन गरेको ३ वटा म्युचुअल फण्डको लाभांश...
spot_img