Wednesday, July 1, 2026
spot_img

ग्लोबल आइएमईको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्ने सुविधा

spot_img
spot_img

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ ठगी (फिसिङ र स्क्याम) बाट ग्राहकको निक्षेप सुरक्षित राख्न मोबाइल एपमा लगइन समेत गर्नु नपर्ने गरी सेकेन्डभरमै खाता रोक्का (ब्लक) गर्न सक्ने अत्याधुनिक प्राविधिक प्रणाली सञ्चालनमा ल्याएको छ ।

वित्तीय तथा डिजिटल साक्षरताको अभावका कारण पछिल्लो समय मुलुकभर अनलाइन ठगीका घटनाहरू तीव्र रूपमा बढेपछि निजी क्षेत्रको सबैभन्दा ठूलो यस वाणिज्य बैंकले ग्राहकको मिहिनेतको कमाइ सुरक्षाका लागि यस्तो कडा सुरक्षात्मक व्यवस्था मिलाएको हो ।

बैंकका अनुसार ग्राहकहरूलाई कुनै पनि सम्भावित वित्तीय ठगी, अनधिकृत पहुँच वा खाता ह्याक भएको शङ्का लागेमा बैंकको ‘ग्लोबल कनेक्ट’ को आधिकारिक नम्बर ०१–५९७०६०० (वा अन्तर्राष्ट्रिय कलका लागि ं९७७–१–५९७०६००) मा फोन गरेर मौखिक रूपमै खाता ब्लक गराउन सक्नेछन् ।

यसका साथै, मोबाइल एप प्रयोग गर्ने ग्राहकहरूका लागि यो सेवा झनै सहज र द्रुत बनाइएको छ । ग्राहक आफैंले बैंकको मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत सुरक्षित रूपमा खाता रोक्का गर्न सक्नेछन् । यस प्रविधिको मुख्य विशेषता भनेको ग्राहकले एपभित्र पासवर्ड वा जैविक पहिचान हानेर लगइन गरिरहनु पर्दैन । एप खोल्नासाथ माथिल्लो दायाँ कुनामा देखिने कल साइन मा क्लिक गरी मिसकल बैंकिङ भित्र रहेको अकाउन्ट ब्लक बाई मिसकल विकल्प छनोट गर्नासाथ बैंक खाता तत्कालका लागि पूर्ण रूपमा रोक्का हुनेछ ।

ग्लोबल आइएमई बैंकको यो अत्याधुनिक एवं द्रुत सेवाका कारण फिसिङ र स्क्याम जस्ता अनलाइन बैंकिङ अपराधहरूमा तत्कालका लागि ब्रेक लाग्ने र सर्वसाधारणको निक्षेप सुरक्षित राख्न ठूलो मद्दत पुग्ने बैंकिङ क्षेत्रका विज्ञहरूको विश्लेषण छ ।

यसैबीच, नेपाल राष्ट्र बैंकले पनि हालै सम्पूर्ण वाणिज्य बैंकहरूलाई ग्राहक वा खातावालाको मौखिक वा अनलाइन अनुरोधका आधारमा तुरुन्त खाता रोक्का गर्ने व्यवस्था मिलाउन नयाँ निर्देशन जारी गरेको छ । केन्द्रीय बैंकको यस निर्देशनले समग्र बैंकिङ क्षेत्रमा ग्राहक सुरक्षालाई थप सुदृढ बनाउने र ग्लोबल आइएमई बैंक जस्ता अग्रणी संस्थाहरूको सुरक्षित प्रविधिले यस कार्यलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

विभिन्न ख्याती प्राप्त अवार्डहरु समेत जितिसकेको ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । हाल बैंकले ३४४ शाखा, ३६८ एटिएम, १४७ शाखा रहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई परिष्कृत बैिटीज सेवा प्रदान गर्दै आइरहेको छ ।

यसका साथै, बैंकले नेपाली नागरिकहरूलाई आन्तरिक बैंकिङ सेवा प्रदान गर्नुका अतिरिक्त संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डन लगायत विश्वका विभिन्न देशहरूबाट सुरक्षित रेमिट्यान्स भित्र्याउँदै देशको अर्थतन्त्रमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सन नेपाल लाइफलाई “Certificate of Merit” अवार्ड

सन नेपाल लाइफ इन्स्योरेन्सले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)...

वित्तीय सेवाबाट कति सन्तुष्ट छन् ग्राहक ?, सर्भे गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३ (...

क्रिप्टोकरेन्सी कारोबारबाट डोनाल्ड ट्रम्पले कमाए १ अर्ब डलर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा क्रिप्टोकरन्सीसम्बन्धी व्यवसायबाट...

बजेट नल्याउने २३ वटा स्थानीय तहलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

पूर्वमा थपिँदै लक्जरी होटेल ब्राण्ड ‘होलिडे इन’, नेपालकै ठूलो क्यासिनोदेखि भव्य बैंक्वेटसम्म

झापा, विराटनगर, इटहरी लगायतका शहरहरु मुलुककै अर्थतन्त्रका लागि प्रमुख...

घरजग्गा कारोबारको लाइसेन्स पाएका कम्पनीले अधिकतम् ५ प्रतिशत मात्रै सेवा शुल्क लिने

घर जग्गा कारोबारको इजाजतपत्र प्राप्त कम्पनीहरुले सेवाबापत अधिकतम् ५...
spot_img