Saturday, November 15, 2025
spot_img

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

spot_img

आज बुधबार मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ ।  प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन्।

बैठकले बुधबार बिहान भएको सौर्य एयरलायन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न छानबिन आयोग गठन गर्ने बताईएको छ। त्यस्तै राहत लगायतको विषयमा पनि न्रिने हुन सक्ने बताईएको छ।

आज बुधबार बिहान काठमाडौँ स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पोखरा उड्ने क्रममा उडेको केहि बेर मै सौर्य एयरलायन्सको जहाज दुर्घटनाग्रस्त भएको थियो । सौर्य एयरलायन्सको ९एन-एएमई कल साइनको जहाज दुर्घटना भएको हो। जहाजमा चालक दलका २ जना सदस्य र सौर्य एयरलायन्स कै १७ जना कर्मचारी गरि १९ जना सवार थिए। दुर्घटनामा जहाजका क्याप्टेन बाहेक अन्य १८ जनाको मृत्यु भएको छ। क्याप्टेनको भने उपचार हुदै छ।

प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले विमानस्थल पुगेर दुर्घटनास्थलको अवतरण गर्दै घटनाबारे जानकारी लिएका थिए । अब साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले छानबिन र राहतबारेको निर्णय गर्ने छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img