नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सम्पन्न

spot_img
spot_img

नेपालको निर्माण क्षेत्रको विकासमा केन्द्रित ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’को एघारौँ संस्करण सम्पन्न भएको छ । निर्माण क्षेत्रसँग सम्बन्धित स्वदेशी तथा विदेशी प्रविधि, सामग्री र सेवाहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यका साथ काठमाडौँको भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा माघ २२ गते देखि सञ्चालनमा आएको प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले भ्रमण गरेका छन् ।

३०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डको सहभागिता रहेको उक्त प्रदर्शनीमा २०० भन्दा बढी स्टलमार्फत निर्माण उद्योगका नवीनतम सेवा तथा सामाग्रीहरू प्रदर्शन गरिएको थियो ।

विगत एक दशकदेखि मिडिया स्पेस सोलुसन्स र फ्युचर एक्स ट्रेड फेयर एण्ड इभेन्ट्सको संयुक्त आयोजनामा सम्पन्न हँदै आएको नेपाल बिल्डकनले सुरुवातीदेखि नै नेपाली निर्माण उद्योगलाई आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय अभ्याससँग जोड्दै आएको छ। यस प्रदर्शनीले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नुका साथै अन्तर्राष्ट्रिय बजारमा प्रचलित नयाँ प्रविधि र सेवाहरू नेपाली बजारमा भित्राउने काम पनि गर्दै आएको छ।

प्रदर्शनीमा आर्किटेक्चरल हार्डवेयर, एल्युमिनियम एक्स्ट्रुजन, मार्बल, टाइल्स, सेनेटरी वेयर, मोड्युलर तथा आधुनिक किचन, रूफिङ, क्ल्याडिङ, लिफ्ट, एलिभेटर, एस्केलेटर, ढोका–झ्याल, फ्लोरिङ, वाल कभरिङ, ग्लास ग्लेजिङ, पाइप तथा प्लम्बिङ सामग्री, कन्स्ट्रक्सन केमिकल, पीभीसी तथा युपीभीसी प्रोफाइल, ब्याट्री, जेनेरेटर, सिमेन्ट र स्टिल लगायत निर्माण क्षेत्रसँग सम्बन्धित सम्पूर्ण सामग्री तथा सेवाहरू समेटिएका थिए।

निर्माण व्यवसायी, आयातकर्ता, उत्पादक, वितरक, सेवा प्रदायक, आर्किटेक्ट, इन्जिनियर, डिजाइनर तथा घर–भवन निर्माण योजना बनाइरहेका व्यक्तिहरूका लागि प्रदर्शनी अत्यन्त उपयोगी भएको छ ।

प्रदर्शनीको मूख्य प्रायोजक फ्लाइबर्ड इन्टेरियर रहेको थियो भने पावर्ड बाईमा लुम्बिनी सेरामिक्स (लेमिनार टाइल्स) रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पीपीपी मोडलमा ‘विराटनगर जुट मिल’ पुनः सञ्चालन ल्याउने तयारी, आशयपत्र आह्वान

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साहले...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई मणिपाल अस्पतालमा छुट

मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखरास्थित नेपाल मणिपाल शिक्षण...

भिमानमा सवारी चालकको ‘लापसे’ जाँच, ५ जना नियन्त्रणमा

बुधबार सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानस्थित बसपार्कमा जिल्ला ट्राफिक...

सिद्धि हाइड्रोपावर र मिडल मोदी हाइड्रोपावरले मागे आईपीओ निष्काशन अनुमति

सिद्धि हाइड्रोपावर कम्पनी लिमिटेड र मिडल मोदी हाइड्रोपावर लिमिटेडले...

पुराना भारतीय लगानीको अभिलेखीकरणमा सहजीकरण गरे नयाँ लगानी भित्र्याउन सकिन्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका...