फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका क्रममा पेट्रोलियम पदार्थको खपत २५ प्रतिशतसम्म बढ्न सक्ने अनुमान गरिएको छ । नेपाल आयल निगमले निर्वाचनका क्रममा पेट्रोल र डिजेलको खपत २५ प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ ।
निगमले यसका लागि इन्धन व्यवस्थापनको तयारी सुरु सुरु गरिसकिएको जनाएको छ । मतदानको मितिभन्दा अघिल्ला १० दिनमा इन्धनको माग बढ्ने अनुमानसहित निगमले त्यसको व्यवस्थापनको तयारी अघि बढाइसकेको निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले जानकारी दिए । उनका अनुसार सामान्य अवस्थाको तुलनामा यस अवधिमा इन्धनको माग २५ प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ ।
कार्यकारी निर्देशक डा. भट्टले निगमले इन्धन भण्डारण पर्याप्त गर्न सबै डिपोहरूलाई निर्देशन दिएको छ । ‘चुनावका क्रममा बजारमा इन्धनको माग बढ्छ, बढेको माग अनुसारको आपुर्ति गर्नका लागि कुनै पनि समस्या हुन नदिन हामीले सबै डिपोहरूलाई स्टक राख्न भनेका छौँ’ उनले भने ।
निगमका अनुसार हाल दैनिक करिब २० देखि २५ लाख लिटर पेट्रोल खपत हुने गरेको छ। डिजेल ३८ देखि ४० लाख लिटर खपत हुने गरेको छ । चुनावको १० दिनबाट पेट्रोलको माग २० देखि २५ प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ । यस अनुसार स्टकमा राख्न डिपोलाई भनिएको छ ।
चुनावका बेला बोर्डर बन्द हुनुभन्दा अगाडि नै भण्डारण गृहहरू भरेर राख्ने निगमनको तयारी छ । साथै, निगमले यस अवधिका लागि इन्धनको ढुवानी गर्न आफूसँग भएका १८ सय ट्याङकरहरू उपयोग गर्नेछ ।
निगमले अमलेशगञ्जमा १४ हजार केएलको ४ वटा इन्धन भण्डारण ट्याङ्की निर्माण बनाएको छ । पोखरामा १० हजार केएल क्षमताको इन्धन ट्याङ्की सञ्चालनमा छ । विराटनगर र नेपालगंजमा रहेका ट्याङकीहरू पनि प्रयोग गर्नेछ ।
अहिले डिजेल करिब १४ दिनलाई र पेट्रोल १२ दिनलाई पुग्ने गरी स्टक राख्न निगम सक्षम छ ।
यसैबीच, अहिले निगमले पाइपलाइनबाट इन्धन आउने भएकाले यस निर्वाचनमा इन्धनको आपुर्ति सहज हुने निगमको विश्वास छ । मोतीहारी अमलेखगन्ज पाइपलाइनबाट सुरुमा डिजेलमात्रै आयात हुने गरेकोमा अहिले अमेलेखगञ्जमा पेट्रोल भण्डारण गृह बनाएर पेट्रोल र केरोशिन पनि पाइपलाइनमार्फत आयात भइरहेको छ ।
अहिले डिजेल, पेट्रोल र मटिटतेल आवश्यक गरेका बेला भारतबाट पाइपलाइनमार्फत आयात गर्न कुनै कठिनाई नरहेको निगमले जनाएको छ ।












