Wednesday, August 26, 2026
spot_img
spot_img

घरजग्गा कारोबारको लाइसेन्स पाएका कम्पनीले अधिकतम् ५ प्रतिशत मात्रै सेवा शुल्क लिने

spot_img

घर जग्गा कारोबारको इजाजतपत्र प्राप्त कम्पनीहरुले सेवाबापत अधिकतम् ५ प्रतिशतसम्म मात्रै कमिशन (सेवा शुल्क) लिने निर्णय गरेका छन् । इजाजात पाएका कम्पनीहरुले बृहत छलफल तथा कार्यशाला गोष्ठी आयोजना गर्दै अधिकतम् ५ प्रतिशत नबढ्ने गरी सेवा शुल्क लिने निर्णय गरेका हुन् ।

‘घर जग्गा खरिद वा बिक्री गर्न सहयोग गर्ने, त्यस्तो घर वा जग्गा खरिद वा बिक्री गर्ने व्यक्तीलाई परामर्श दिने वा सो विषयमा अन्य कुनै किसिमले व्यावसायिक रुपमा सेवा उपलब्ध गराउने कम्पनीले सेवा शुल्क वापत कारोबारको प्रकृति हेरेर सेवा प्रदायक कम्पनीले घर जग्गा खरिदकर्ता वा बिक्रीकर्ता वा दुवैवाट न्यूनतम् २.५ प्रतिशत नघट्ने गरी र अधिकतम् ५ प्रतिशत नबढ्ने गरी लिने निर्णय सर्वसहमतिले पारित गरियो’ गोष्ठीको निर्णयमा भनिएको छ ।

यसैगरी, घर जग्गा इजाजत पत्र प्राप्त कम्पनीहरुका लागि भूमि व्यवस्थापन तथा अभिलेख विभागले जारी गरेको सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी कार्यमा वित्तिय लगानी निवारण सम्वन्धमा सूचक संस्थालाई जारी गरिएको निर्देशन २०८२ अनुसार सूचक संस्था अथवा घर जग्गा इजाजत पत्र प्राप्त कम्पनीहरुले घर जग्गा कारोवारका क्रममा आवश्यक पर्ने कागजातहरु तयार पारी व्यवसाय सञ्चालन गर्ने निर्णयसमेत गरेका छन् ।

त्यस्ता कागजातहरुमा सरल ग्राहक पहिचान फाराम, विस्तृत ग्राहक पहिचान फाराम, घर जग्गा विस्तृत विवरण फाराम, घर जग्गा व्यवसाय सञ्चालन कार्यविधि २०८३, घरजग्गा खरिद र ग्राहक एजेन्सी सम्झौता पत्र र घरजग्गा बिक्रीकर्ता सम्झौता पत्र रहेका छन् ।

उनीहरुले यी निर्णयहरु भूमि व्यवस्था सहकारी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र राष्ट्र बैंकको वित्तिय जानकारी ईकाइलाई बोधार्थ समेत दिने निर्णय गरेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

नाडामा सिएरा ईभी सार्वजनिक

नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रीक एसयूभी सिएरा ईभी सार्वजनिक...

सुनको भाउमा झिनो गिरावट

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

धितोपत्र बोर्डले नेप्से, सिडिएस, ब्रोकरदेखि सूचीकृत कम्पनीलाई दियो ३४ वटा निर्देशन

नेपाल धितोपत्र बोर्डले नेप्से, सिडिएस, मर्चेन्ट बैंकर, ब्रोकर, योजना...

सियरा ईभीको प्रि–बुकिङ सुरु, दशैँमा गाडी पाइने

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको...

 आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

 फराइजनको भी७ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक

नाडा अटो शोमा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको...